बाल्टिमोरमा फण्ड रेजिंग कार्यक्रम




बाल्टिमोर, अमेरिका , जनवरी १३ /

बाल्टिमोरको स्थानिय राजनीतिका उदियमान रिपब्लिकन नेता तथा स्टेट डेलिगेट क्रिष्टियन मिलिको आगामी निर्वाचनमा सहयोग पुर्याउने उद्देश्यले नेपाली समुदायका बीचमा फण्ड रेजिंग कार्यक्रम सम्पन्न भएको छ |

बाल्टिमोरमा घरजग्गा कारोबार गर्दै आएका नेपाली युवा ब्यबसायी क्रिस घिमिरेले उक्त कार्यक्रमको आयोजना गर्नु भएको थियो | कार्यक्रममा झन्डै १३ हजार डलर रकम सहयोग उठेको बताईएको छ |

सो अवसरमा बोल्दै स्टेट डेलिगेट क्रिष्टियन मिलिले नेपाली समुदायको हितका लागि आफुले सधै सहयोग गर्न तयार रहेको बताएक थिए |