मैले दरबार मात्र छोडेको हुँ, ‍घरबार होइन: ज्ञानेन्द्र शाह


काठमाडौं- पूर्व राजा ज्ञानेन्द्र शाहले आफूले दरबार मात्र छोडेको बताएका छन्। आइतबार एक वक्तव्य जारी गर्दै शाहले भनेका छन्, 'मैले दरबार छोडेको हुँ, नेपाली घरबार छोडेको छैन।' नेपाल र नेपालीको आधारको भार पनि परित्याग नगरेको बताएका छन्। 

शाहवंशीय राजाहरुले जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिँदै राष्ट्रहित र राष्ट्रवासीको सुख, सम्मृद्वी र आत्मीय सन्तुष्टिका निम्ती जनताको नासो जनतालाई सुम्पेर आफूले दरवार छोडेको उनले जनाएका छन्। 'अब नेपाली जनताले को कसरबाट के कस्तो दायित्व भूमिका र भरोसा चाहेका छन् खुलस्त हुनु पर्दछ भन्ने पनि समयको माग छ' शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ।