पाकिस्तानको पेशावरमा आत्मघाती आक्रमण, १० को मृत्यु

काठमाडौं- पाकिस्तानको पेशावर सहरमा आत्मघाती बम विष्फोट हुँदा ५ प्रहरीसहित कम्तिमा १० जनाको मृत्यु भएको छ । करिब २० जना घाइते भएका छन् ।
मोटरसाइकल चढेर आएका हमलाकारीले प्रहरी चेकप्वाइन्ट नजिकै विष्फोट गराएका थिए । विष्फोटलगत्तै बन्दुकबाट गोली चलाइएको थियो

।आक्रमणमा मारिनेहरुमा बालबालिकासमेत छन् । आक्रमणकारीको पहिचान भएको छैन । गत महिना मात्रै उत्तर पश्चिम पाकिस्तानमा भएको आत्मघाती आक्रमणमा २६ जनाको मृत्यु भएको थियो ।