भूकम्पपिडीतलाई लायन्सद्धारा कपडा बितरण




पोखरा डिसेम्बर २० /

लायन्स डिष्ट्रीक्ट ३२५ बि १ नेपालले गोर्खा मुच्चोकका भूकम्पपिडीतलाई न्यानो कपडा वितरण गरेको छ । मुच्चोक गा.वि.स. वडा नं. ६ कुसुण्डेका भूकम्प प्रभावित २१५ परिवारलाई बुधबार आयोजित एक कार्यक्रममा कम्बल, स्वीटर, पछ्यौरा, जुत्ता लगायतका न्यानो कपडा वितरण गरिएको लायन्स डिष्ट्रिक्टको न्यानो कपडा वितरण कार्यक्रमका गण्डकी क्षेत्र संयोजक लायन दुर्गाप्रसाद हुमागाईले बताए ।

चिसोबाट प्रभाबित भूकम्पपिडीतलाई लक्षित गरी डिष्ट्रीक्ट गभर्नर लायन ध्रुव थापाले आब्हान गर्नुभएको डिष्ट्रीक्टको एक लायन्स एक न्यानो कपडा अभियान अन्तर्गत यो न्यानो कपडा वितरण कार्यक्रम गरिएको हो ।

लायन्स डिष्ट्रक्ट ३२५ बि १ नेपालका डिष्ट्रक्ट फस्ट लेडी तथा लायन्स क्लब अफ पोखरा सेती गण्डकीका अध्यक्ष लायन मिलन थापाको प्रमुख आतिथ्यतामा आयोजित न्यानो कपडा वितरण कार्यक्रममा मुच्चोक गा.वि.स. वडा नं. ६ कुसुन्डेका वृद्धवृद्धा र बालबालिकालाई कम्बल, स्वीटर, पछ्यौरा लगायतका न्यानो कपडा वितरण गरिएको बताइएको छ । भूकम्पबाट प्रभावित मुच्चोक कुसुन्डे गाउँका अधिकांश घर भत्केका छन ।

चिसोबाट प्रभाबित गोर्खा मुच्चोक कुसुन्डे क्षेत्रका भूकम्प पिडित वृद्धवृद्धा र बालबालिकालाई लक्षीत गरी डिष्ट्रीक्टको तर्फबाट करिब ५ लाख बराबरको न्यानो कपडा वितरण गरिएको डिष्ट्रीक्ट गभर्नर लायन ध्रुव थापाले बताए । यो सहयोग डिष्ट्रीक्टको एक लायन्स एक न्यानो कपडा अभियान अन्तर्गत गण्डकी र धौलागिरी क्षेत्रका लायन्स क्लब, व्यक्ती र विभिन्न संघसंस्थाबाट जुटाईएको गभर्नर थापाले स्पष्ट पारे ।

लायन्स डिष्ट्रक्ट ३२५ बि १ नेपालका डिष्ट्रक्ट एडभाइजर बिमला श्रेष्ठको अध्यक्षतामा सम्पन्न डिष्ट्रक्टको उक्त कार्यक्रमलाई लायन्स क्लब अफ पोखरा गण्डकीका अध्यक्ष सीता पाण्डे , पुर्व अध्यक्ष दिन कुमारी शर्मा, लायन्स क्लब अफ पोखरा सेती गण्डकीका अध्यक्ष लायन मिलन थापा , लायन्स क्लब अफ पोखरा सप्त गण्डकीका अध्यक्ष अन्जु कर्माचार्य र क्लब पदाधिकारीले भूकम्प प्रभावित गाउंमै पुगेर सघाएका थिए ।