निष्कपट र निर्दोषहरूलाई कतिन्जेल -पार्वती घिमिरे पन्त (गजल)


     निष्कपट र निर्दोषहरूलाई कतिन्जेल झुक्कायाउँछौ यहाँ
     दिनरात झुटो आश्वासनमा  कतिन्जेल अलमल्याउँछौ यहाँ

     चिन्ता सुर्ता त कता हो कता रातारात मात्र छ कुर्सिको खेल
     गोहीका आँसु झारेर नाटकहरू  कतिन्जेल रच्दछौ  यहाँ

      हातेमालो गरेर अघि लम्कनु छैन ख़ाली खुट्टा तानातान गर्दै
     कठै निमुखाका ती भावनालाई कतिन्जेल निमोठिदिन्छौ यहाँ

   लाखौ लाख जनताहरूको मनोभावनाको खेलवाड  गर्दै
 रातदिन भोंक , तिर्खा ,प्यासमा कतिन्जेल जलाउँछौ यहाँ

   आ आफनै स्वार्थहरू पुर्ति गर्न केवल देशलाई टुक्राएर
  विदेशीको ईसारामा जनतालाई कतिन्जेल नचाउँछौ यहाँ ।।।

मेरिल्याण्ड अमेरिका