बुटवल नजिकै बस दुर्घटना, ६ को मृत्यु, १६ घाइते

बुटवल-पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदहमा गएराति भएको बस दुर्घटनामा छजनाको मृत्यु भएको छ। ना४ख ६८४१ नंको बसमा सवार चारजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा मृत्यु भएको इप्रका, बुटबलका प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले बताए।

१६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ। मृत्यु हुनेमा बर्दिया तारातालका २२ वर्षीय कुशल शर्मा, कञ्चनपुर भीमदत्त नगरपालिका– ५ का ३५ वर्षीय प्रकाश शाही, रुपन्देही देवदेहकी ३५ वर्षीया शान्ति दर्जी र बाराका ३२ वर्षीय चुरक शाहको सनाखत भएको खड्काले बताए।

नारायणगढबाट नेपालगन्जका लागि छुटेको बस रुपन्देहीको देवदह नगरपालिका १० घोडाहा जङ्गलमा अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चारजनाको थप उपचारका लागि भरतपुर पठाइएको छ । बसमा ४३ जना सवार रहेका थिए