जो नाच्यो उ बाँच्यो -दिलिप रायमाझी

सतिश चापागाईं 

बाल्टिमोर, अमेरिका, जनवरी २६ /

अमेरिकाको बाल्टिमोरमा बालबालिकाहरुलाई नृत्य सिकाउदै आएका दिलिप रायमाझीले अब अभिभावकहरुलाई पनि नृत्य सिकाउन थालेका छन |

'जो नाच्यो उ बाँच्यो'  उनले थेगो नै बनाएका छन् |

"रमाइलो गरेर नाच्नु, स्वस्थ भएर बाँच्नु" आफुले शुरु गर्न लागेको नयाँ कार्यक्रमको बारेमा दिलीपले भने |

दिलीपले हरेक आईतबार २:३० देखि ३:३० सम्म अभिभावकहरुलाई नचाउन शुरु गरेका हुन् | यसले अभिभावकहरुलाई स्वस्थ राख्न सहयोग गर्ने दिलीपले बताए |

दिलीपले बिगत ३ महिनादेखि बाल्टिमोरमा नृत्य सिकाउदै आएका छन् | अहिले उनका ४ वटा कक्षामा ७० जना बालबालिका नृत्य सिक्दै आएका छ |

अमेरिकाको यो व्यस्त जीवनमा नायक रायमाझीले देशको कला संस्कृति प्रति देखाएको लगाब र मायालाई यहाँका नेपालीले मुक्तकण्ठले प्रशंसा गरेका छन् र सहयोग पनि गरेका छन् |

बाल्टिमोरका नेपालीहरुलाई दिलीपले धन्यवाद दिन भुलेनन् | द नेपाल टुडेसंगको भेटमा रायमाझीले भने, "यो समुदायका सबैलाई धन्यवाद |

, ,