कालो बजारी व्यापारीले होइन पार्टीका कार्यकर्ताले गरेका छन् -किशोर प्रधान


नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले बर्तमान सरकार राज्य संचालनमा असक्षम रहेको विचार ब्यक्त गरेका छन् |

पारिवारिक भेटका क्रममा अमेरिकामा रहेका प्रधानले द नेपाल टुडेसंगको अन्तरबार्ताका क्रममा उक्त विचार ब्यक्त गरेका हुन् |
"सरकारले न जनताका कुरा सुनेको छ न ब्यबसायीका" प्रधानले भने, "सर्बसाधारण जनता जस्तै अहिले हामी ब्यबसायी पनि मर्कामा परेका छौं | न ब्यापार छ न गुनासो गर्ने ठाउं ! देशमा सरकार भए नभएको अनुभूति जनताले गर्न नसकेको उनको आशय थियो |"

अहिले त व्यापारी, ब्यबासायीहरु कालो बजारी गर्दैछन्, मालामाल भएका छन् भनेर आरोप छ नी भन्ने प्रश्नमा उपाध्यक्ष प्रधानले भने, "अहिले कुनै पनि व्यापारीले कालो बजारी गरेको छैन | जे गरिरहेका छन् पार्टी कै कार्यकर्ताहरुले गरिरहेका छन् |"

यसैबीच प्रधानले एनआरएन अमेरिका, मेरिल्याण्ड च्याप्टरले आयोजनाले गरेको कार्यक्रममा सहभागी भई आफ्ना विचार ब्यक्त गर्ने क्रममा उक्त विचार ब्यक्त गरेका हुन् | उनले देश अहिले अत्यन्त जटिल परिस्थितिमा रहेको बताउदै

 प्रमुख अतिथिका आसनबाट बोल्दै प्रधानले विदेशमा रहेका नेपालीहरुले भुकम्पपछिको अफ्टेरो परिस्थितिमा देशप्रति देखाएको सद्भावको उद्योग बाणिज्य संघले सधै उच्च मुल्यांकन गर्ने पनि बताए |

"त्यसै पनि देश रेमिट्यान्सले चलेको छ | बिदेशमा रहेका झन्डै तीस लाख नेपालीले तीन चार महिना पैसा पठाउन बन्द गर्ने हो भने देशको बेहाल हुन्छ" प्रधानले भने |

ब्यबसायीहरु अहिले जत्तिको मारमा बिगतमा कहिल्ल्यै नभएको पनि प्रधानले कार्यक्रमका सहभागीहरुसँग भनेका थिए | "सरकारले न जनताका कुरा सुनेको छ न ब्यबसायीका" प्रधानले भने, "सर्बसाधारण जनता जस्तै अहिले हामी ब्यबसायी पनि मर्कामा परेका छौं | न ब्यापार छ न गुनासो गर्ने ठाउं !"

एनआरएन अमेरिका मेरिल्याण्ड च्याप्टरको आयोजना  र नेपाल उद्योग बाणिज्य महासंघका पुर्ब केन्द्रिय सदस्य दुर्गा प्रसाद श्रेष्ठको संयोजनमा भएको कार्यक्रममा शिवराज पौडेल, एच.बि भण्डारी, कुलमणि आचार्य, प्रेमकुमार श्रेष्ठ, पारसमणि श्रेष्ठ, प्रबिण भण्डारी लगायतले बोल्नु भएको थियो | च्याप्टर अध्यक्ष जेदु पोखरेलको सभापतित्वमा भएको कार्यक्रमको संचालन महासचिब अर्जुन हमालले गर्नु भएको थियो |