काठमाडौंमा केन्द्र बनाएर भूकम्पको धक्का

काठमाडौं–वैशाख १२को भूकम्प पछि परकम्प जाने क्रम रोकिएको छैन्। आइतबार दिउँसो ४ बजेर २४ मिनेटमा राजधानीको गुर्जधारालाई केन्द्र विन्दु बनाएर ३ दशमलव २ रेक्टरस्केलको परकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले आइतबार दिउँसो काठमाडौंलाई केन्द्र विन्दु बनाएर ३ दशमवल २ रेक्टर स्केलको परकम्प गएको जनाए। केन्द्रले ४ रेक्टरस्केलभन्दा मूनिका परकम्पलाई आफ्नो वेवसाइटमा राख्ने गरेको छैन। यसअघि शनिबार राति ११ बजेर २८ मिनेटमा रामेछापलाई केन्द्रबिन्दु बनाउँदै ४।४ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्प मापन केन्द्रका अनुसार वैशाख १२ को शक्तिशाली भूकम्पयता ४ म्याग्निच्यूडमाथिका ४ सय २३ वटा बढी परकम्प गइसकेका छन् । ४ म्याग्निच्यूडमुनिका भने हजार बढी परकम्प गइसकेका केन्द्रले जानकारी दिएको छ ।