नाराबाजीको विच संसदमा विद्येयक पेश

काठमाडौँ-कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले व्यवस्थापिका–संसद्को आजको बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७२ पेस गरे छन ।
बैठकको प्रारम्भमै सभामुख ओनसरी घर्तीले मन्त्री खरेललाई केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७२ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए ।संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग आबद्ध दलका सांसदहरुको विरोध र नाराबाजीका बीचमा मन्त्री खरेलले उक्त विधेयक प्रस्तुत गरेका थिए ।व्यवस्थापिका–संसद्को अर्काे बैठक पुस २९ गते बुधबार दिनको १ बजे बस्नेछ