प्रधानमन्त्री अोलीप्रति एमालेमा सल्किदै भुसको अागो

काठमाडौं-प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूखुसी गरेको भन्दै एमालेमा विवाद सुरु भएको छ । एमाले भित्रको विवादको शृंखला ओली प्रधानमन्त्री भएपछि मात्र सुरु भएको नभई नवौं महाधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएदेखि नै सुरु भएको थियो।

कोइराला नेतृत्वको सरकारमा पार्टीका तर्फबाट मन्त्री पठाउँदा र फेरबदलर गर्दा मात्र होइन, संसदीय समितिका सभापति, सुकुम्बासी आयोगका अध्यक्ष र मन्त्रिपरिषदबाट मनोनित गरिने सभासद छनोट गर्दासमेत ओलीले एकलौटी गरेको भन्दै केही पदाधिकारीले लिखित असहमति नै दर्ता गरेका थिए ।

त्यस्तै अहिले सुवास नेम्बाङलाई संसदीय दलको उपनेता बनाएपछि पुनः असन्तुष्टि सुरु भएको छ । व्यक्ति छनोट ठीक भएपनि प्रक्रिया बेठिक भएको भन्दै पदाधिकारीले विरोध जनाएका थिए । त्यस्तै राज्यमन्त्री बनाउँदा एकलौटी गरेको भन्दै पार्टीमा विवाद बढकोको छ । मन्त्री बनाउँदा पनि पार्टीमा विवाद भएको थियो । विवादका कारण मन्त्री छान्न २५ दिन लागेको थियो । नयाँ पत्रिका।