प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमण भारत -उपप्रधानमन्त्री थापा

काठमाडौँः

उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले प्रधानमन्त्रीको दुबै छिमेकी मित्र राष्ट्रहरु चीन र भारतको औपचारिक भ्रमणको प्रारम्भिक तयारी सुरु भइसकेको बताउँदै प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारत नी हुने जनाएका छन |

उपप्रधानमन्त्री थापाले प्रधानमन्त्री निर्वाचित भएकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर भ्रमणको निम्तो दिएको बताएका छन् । उनले थपे,–‘मेरो भ्रमणको बेला अर्को छिमेकी मित्र चीनले पनि निम्तो दिएको छ । त्यसको आधारमा तयारी भइरहेको छ । त्यही तयारीको आधारमा म भन्छु प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमण भारतबाटै सुरु हुन्छ ।’

‘प्रधानमन्त्रीको भ्रमण कहाँबाट सुरु हुन्छ भन्ने परम्परागत मान्यताबाट मुक्त हुनुहोस् एक मित्र राष्ट्रको सम्बन्धलाई अर्को राष्ट्रसँग दाज्नु उपयूक्त हुदैन ।’ थापाले स्पष्ट पारे |

उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले प्रधानमन्त्रीको भारत भ्रमणबाटै हालको गतिरोध अन्त्य हुने पनि बताएका छन् ।

रिपोर्टस क्लबमा भएको साक्षात्कारमा उनले प्रधानमन्त्री ओलीको भारत भ्रमणको लागि केही नयाँ विषय र केही क्रमागत विषयहरु रहेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको बेला घोषणा गरेको १ हजार करोड र भुकम्प पछिको पुर्ननिर्माणमा घोषणा गरेको १ हजार करोड सहयोग कार्यान्वयनमा लाने र गतिरोध पूर्ण रुपमा अन्त्य गर्ने विषय प्रमुख हुने बताए ।