साउदी गएको दुई हप्तामै नेपाली युवकको मृत्यु

 काठमाडौं - नेपालबाट पैसा कमाउन भनेर साउदी अरब गएको दुई हप्तामै एक नेपाली युवकको मृत्यु भएको छ । कोटा-१ तनहुँ घर भएका २९ वर्षीय पदमबहादुर गुरुङको साउदी अरबमा मृत्यु भएको हो ।उनी मिलिनियम म्यानपावर काठमाडौंबाट यही पुस ११ गते साउदी गएका थिए । काम गर्दागर्दै यही पुस २४ गते उनको मृत्यु भएको हो । गुरुङ अल्यामा नामक कम्पनिमा काम गर्दथे ।


पदमबहादुरका एक छोरा र एक छोरी छन् । परिवारका सदस्यहरुको आग्रहमा गुरुङको शव नेपाल ल्याउने पहल भैरहेको नवलपरासीको कावासोतीस्थित सुरक्षित आप्रवासन केन्द्रले जनाएको छ । नेपाली दूतावासले पनि गुरुङको मृत्यु भएको खबर पाएको र थप बुझेर शव नेपाल फर्काउने पहल भैरहेको जानकारी दिएको केन्द्रकी परामर्शदाता रञ्जना लम्सालले जानकारी दिइन् ।