किसुनजी पत्रकारहरुका नेता पनि हुनुहुन्थ्यो -अनन्त सुबेदी


न्युयोर्क  डिसेम्बर १९ /
वर्तमान केपी ओली नेतृत्वको सरकारले आम संचारकर्मीको स्तरवृद्धिका लागि खुलेको आमसञ्चार प्रतिष्ठानबाट पत्रकार महासंघका पहिलो सभापति एवं सन्त नेता पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुन जी)को नाम हटाएकामा जना सम्पर्क समिति अमेरिका न्युयोर्क च्याप्टरका सदस्य अनन्त सुबेदीले कडा आपत्ति जनाएका छन  ।

सरकारले राजनैतिक सहिष्णुता गुमाउदै गएको सुबेदीको आरोप थियो | "किसुनजी कांग्रेसका मात्र नेता होइन उहाँ त पत्रकारहरुका नेता पनि हुनुहुन्थ्यो | सरकारको सुद्धि हराएपनि पत्रकारहरु एक भएर यो कार्य फिर्ता गराउने छन् |" सुबेदीले द नेपाल टुडेसंग भन्नु भयो |

 उता सरकारले पहिलको सरकारले गरेका विभिन्न निर्णयहरुलाई कार्यान्वयन गर्नु पर्नेमा भत्काउँदै हिँडेपछि चर्को आलोचना समेत भएको छ । प्रेस युनियनका महासचिव अजयवाबु शिवाकोटीले सरकारको हर्कत बद्नसिव भएको भन्दै कडा आपत्ति जनाईसकेका छन |

सरकारले सञ्चार मन्त्रालयस्तरीय निर्णयबाट मन्त्रिपरिषद्मा लान तयारी गरेको प्रतिष्ठान गठन आदेशमा ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय आम सञ्चार प्रतिष्ठान’ को नाम परिवर्तन गरी ‘राष्ट्रिय आम सञ्चार प्रतिष्ठान’ राखेको छ । सुशील कोइराला नेतृत्वको सरकारका तत्कालीन सञ्चार मन्त्री मिनेन्द्र रिजालको प्रस्तावमा मन्त्रिपरिषदले सन्त नेता भट्टराईको सम्मानमा ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय आम सञ्चार प्रतिष्ठान’ स्थापना गठन गर्ने निर्णय गरेको थियो । पत्रकार महासंघले समेत भट्टराईलाई पहिलो सभापतिको सम्मान दिएर केन्द्रीय कार्यालयमै भट्टराईको तस्वीर टाँसेको छ ।