जापानस्थित नेपाली दुतावासले गर्यो ३ महत्वपुर्ण निर्णय

 ह्याप्पी बन्धु 'विश्व'
जापान, जनवरी ५ /
जापानमा रहेका नेपालीहरुका लागी जापानस्थित नेपाली दुतावासले ३ वटा महत्वपुर्ण निर्णयहरु गरेको छ |

दुतावासले पार्सपोटका लागी आवेदन भर्नेहरुको MRP फाराम प्रत्येक हप्ता नेपाल पठाऊने, फोटोकपि मेसिन दुतावासमानै व्यावस्था गर्ने तथा नेपालीहरुका समस्या १५ मिनेटमै पहिचान गरि समाधान गर्ने निर्णय गरेको कार्यवाहक राजदुत गेहेन्द्र राजभण्डारी ले जनाएका छन् |

स्मरण रहोस्, यसअघि जापानमा रहेका नेपालीहरुले MRP बनाऊदा धेरै समस्या वेहोर्नुपरेको र दुतावासमै फोटोकपि मेसिन नहुदा बाहिर जानुपर्ने वाध्यता रहेको थियो ।

दुताबासको यो निर्णयले यहाँ रहेका धेरै नेपालीहरुको समस्या समाधान गर्ने र पासपोर्टको काममा थोरै भएपनि सहजता ल्याउने विश्वास गरिएको छ |