मलेसियामा अर्को नेपालीको निधन



क्वालालम्पुर । मलेसियामा कार्यरत एक नेपाली तिलबहादुर रानाको सुतेकै स्थानमा मृत्यु भएको छ । मृतक राना पाल्पाको ज्यामिरे गाविस वडानम्बर तीनका हुन् |

उनी हाल मलेसियाको जलानकुचिगमा सेक्रिगोल्ड सेक्युरिटि कम्पनीमा कार्यरत थिए ।

राना शनिबार राति करिब १० बजे खाना खाएर सुतेका थिए । सुतेको केही समयपछि छटपटाउन थालेका उनलाई साथीहरुले के भयो भनेर सोधीखोजी गर्दागर्दै उनको मृत्यु भएको उनीसँगै रहेका साथीहरुले बताएका छन् ।

 ३३ वर्षका राना एक वर्षअगाडि मात्रै रोजगारीको लागि मलेसिया पुगेका थिए । उनको शवलाई पोस्टमार्टमका लागि क्वालालम्पुर अस्पतालमा राखिएको उनका साथीहरुले जनाएका छन ।