ब्रेकिङ- सप्तरीमा गोली हानेर प्रहरी असईको हत्या

काठमाडौं /

सप्तरीमा गोली हानि प्रहरी असईको हत्या भएको छ । केहीबेर अघि झटुकी प्रहरी चौकीका इन्चार्ज असई रमेश सुब्बा अज्ञात समूहले गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

गस्तीमा निस्किएको बेला प्रहरी चौकी नजिकै गोली प्रहार भएको थियो। छातीमा २ गोली लागेका उनलाई उपचारका लागि सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याउने क्रममा बाटैमा मृत्यु भएको छ ।
गोली हान्ने समूहको खोजी भइरहेको एसपी भीम ढकालले जानकारी दिए ।