ड्रिम्सको ट्रेलर नै हिटः एक दिनमै सवा लाख भिजिटर-भिडियाेसहित

भुवन केसीका सुपुत्र अनमोल केसीको स्टारडम ‘ड्रिम्स’ को ट्रेलरबाटै देखिएको छ । यूट्यूवमा अपलोड गरिएको २४ घन्टामै सवा लाख भन्दा बढिले ट्रेृलर हेरेका छन् । आउँदो २१ फागुनमा रिलिज हुने फिल्मका लागि यो उत्साहको खबर हो ।
छोरालाई नायक बनाएर भुवन केसीले निर्देशनमा गरेको डेब्यू फलिफाप हुने संकेत ट्रेलरको लोकप्रियताले देखाएको छ । पछिल्लो समय यूट्यूट्यूवमा ट्रेलर हेरेर फिल्मको बारेमा पूर्वानुमान गर्ने दर्शक बढिरहेकाले फिल्मकर्मीले ट्रेलरमा निकै मिहिनेत गर्न थालेका छन् ।

ट्रेलर हिट भएर पनि फिल्म फ्लप भएका उदाहरण पनि थुप्रै छन् ।
भुवन केसीका लागि सन्तोषको पक्ष ट्रेलर हेर्नेहरुले लेखेको प्रतिक्रिया पनि हो । एक दिनमै २३३ प्रतिक्रियाहरु यूट्यूवमा आएका छन्, जसमा धेरैले ट्रेलरको प्रशंसा गर्दै फिल्म हेर्ने हतारो व्यक्त गरेको पाइन्छ । अनमोलको स्टाइलिस लुक्सलाई धेरैले मन पराएका छन् । केहिले भने अनमोलले होस्टेल र जेरीकै भूमिकालाई निरन्तरता दिएकोमा असन्तुष्टी समेत जनाएका छन् । हिरोइनहरुको विषयमा मिश्रति प्रतिक्रिया आइरहेको छ ।
अनमोलको यो तेस्रो फिल्म हो । होस्टेल र जेरीबाट लगातार सफलता पाएका कलिला स्टारले डि्रम्सबाट सफलताको ह्याटि्रक गरेका सुपरस्टारको दर्जा पाउन सक्छन् । फिल्मको ट्रेलर हेर्दा कम्तिमा उनका डाइ हार्ड फ्यानहरु निराश बन्नु नपर्ने पक्का नै देखिन्छ ।