मोर्चासँगको वार्ता बिनानिष्कर्ष सकियो, बैठक ‘कर्मकाण्डी’: त्रिपाठी

काठमाडाैं-तीन दल र मधेसी मोर्चाबीचको वार्ता विनानिष्कर्ष टुंगिएको छ । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले सहमतिका लागि छलफल सकारात्मक रहेको भन्दै बाहिरिए ।

तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठी सीमांकनका विषयमा मोर्चाको मागबारे तीन ठूला दलको अझै प्रष्ट धारणा नआउदा वार्ता ‘कर्मकाण्डी बन्न पुगेको’ आरोप लगाए ।

‘हामीले ११ बुदे मागका बारेमा उहाँहरुको प्रष्ट धारणा माग्यौं, तर आजको वार्तामा पनि उही पुरानै कुरा दोहोरियो,’ त्रिपाठीले पत्रकारसँग भने, ‘यो त कर्मकान्डी  भयो ।’