म त खुशी छु जापानमा


ह्याप्पी बन्धु "बिश्व"
जापान

स्याङ्गजामा जन्मेका भागिरथ न्यौपाने जापान आउनुभन्दा अगाडी नेपालमा एऊटा प्रतिष्ठित होटेलमा काम गर्थे |

आफ्नै चिनेजानेको साथीवाट ऊनलाई अचानक अफर आयो वोर्किंग भिषामा जापान आउनका लागी । सुरुसुरुमा त उनले मानेनन तर बिस्तारै ऊनको मन परिवर्तन हुदै गयो |
उनलाई  देश विदेश पनि घुम्नुपर्छ, चालचलन रहनसहन पनि बुझ्नुपर्छ भन्ने लाग्यो |  साथीकै सहयोगमा २०१० जनवरी ५ मा ऊनि जापानको फुकोओका छिरे ।

 नेपालमा रहदाँ जुन आशाहरु साथीले देखाएको थियो ठिक त्यसको बितरित भयो | साथीले नै धोका दिन थालेपछि केहि महिना उनि धेरै तनावमा रहे | किन आएँछु जापान भनेर दिनरात आफैलाई धिक्कार्न थाले | त्यतिवेला त नेपालमै फर्केर जाऊ जाऊ जस्तो पनि लागेको थियो रे ऊन्लाई । तर अर्को एकजना नेपाली साथीको सहयोगमा फेरि कामका लागी उनि टोकियो आए ।

जिन्दगीमा त्यति ठुलो दुख नभोगेका भागिरथ  जापान आएपछि भने एक दुई बर्ष धेरै ठुलो संघर्ष गरे धेरै ठुला अप्ठ्याराहरुले  उनलाई बारम्बार पछ्याईरहे तर पनि हार मानेनन् भबिश्यमा केहि गरेरै देखाऊछु भन्ने ठुलो आटले गर्दा उनलाई दुखमापनि वाच्न सिकायो ।

द नेपाल टुडेसगँको भेटका वेला ऊनि आफ्ना दुख सुखका वृतान्त सुनाउन राजी भए |

जापान आऊनुभन्दा अगाडी जापानिज भाषाको अध्ययननै नगरेका भागिरथलाई सुरुसुरुमा त भाषाकै ठुलो समस्या पर्यो | बाहिर किनमेल गर्न जादा होस् या रेष्टुरेन्टमा काम गर्दा ऊन्ले भाषाकै कारण समस्या झेले | तरपनि फुर्सदको समय अपातोमै बसेर स्वअध्ययन गर्न थाले |  जानीनजानी जापनीजहरुसगँ बोलेर भाषाको अभ्यास गर्न थालेपछि बिस्तारै भाषाको ज्ञान हुन थाल्यो |

जापानका रहनसहन चालचलन निती नियमहरु बुझ्दै गएपछि ऊन्लाई लाग्यो म पनि अब केहि गर्न सक्छु | कति दिन अरुकोमा मात्रै काम गरेर बस्ने?

सन् २०१३ सालमा टोकियोमा रेष्टुरेन्ट खोलेर व्यवसायमा हात हाले | रेष्टुरेन्टको नाम राखे "इन्डियान रेष्टुरेन्ट पियाज" ।

 सुरुमा करिब ५० लाख(५०० मान) जति लगानी गरेर व्यावसाय सुरु गरेका भागिरथको रेष्टुरेन्टमा अहिले भने लगभग २ करोड जति लगानी भएको ऊनले वताए । ऊनको होटेलमा अहिले सात जनाले रोजगारी पाएका छन् | एक जना जापानिज छन् भने अरुसबै नेपालीले नै काम गरिरहेका छन् । नेपालमा दुख पाएका घरको आर्थीक अबस्था कमजोर भएका नेपालीलाई नै आफैले जापान वोलाएर ऊनले काम दिएका हुन् ।

ऊनको रेष्टुरेन्टमा मुख्यत : ईन्डियन करि र नानको स्वाद लिन ग्राहकहरु आऊने गरेका छन् | तपाईको रेष्टुरेन्टको मुख्य बिशेषता के हो ? भन्ने हाम्रो प्रश्नमा उनले भने : "ठुलो स्पेश, पार्टी सेमिनारहरुपनि गर्न मिल्ने , पार्किगंको राम्रो व्यवस्था भएको, साथै अडरअनुसारका परिकारहरु बनाऊने र प्याकिगंको पनि राम्रो व्ववस्था छ ।"

लामो समय ईन्डीयामा काम गरेर आएका कुकहरु जापनिज खानाहरु जापनिजलेनै वनाऊने र अडर भएमा नेपाली खाना दाल भात तरकारी ढेडो गुन्दुक पनि वनाऊने व्यवस्था भएकोले ग्राहकहरु खोजी खोजी आफ्नै रेष्टुरेन्टमा आऊने गरेको ऊनले वताए ।

राजनितीमा खासै चासो नराख्ने भागिरथले भने जापानमै आएर दुख पाएका धेरै नेपालीहरुलाई सहयोग गरेका छन् | व्यवसायमा नै धेरै समय खटिनुपर्ने भएकाले खुलेर सामाजिक संघ सस्थामा नलागेका भागिरथ अप्रत्यक्ष रुपमा भने त्यस्ता संस्थाहरुलाई सहयोग गर्दै आएका छन् | पछि बिस्तारै समय मिलाएर सामाजिक सस्था खोलेर होस् या भएकै संस्थाहरुमा सक्रिय रहेर समाजसेवामा लाग्ने ऊनको धोको छ ।

यहि विजनेसलाई जापानका विभीन्न शहरहरुमा बिस्तार गरेर नेपालीको छुट्टै पहिचान वनाऊन चाहन्छन ऊनि । जापानमा बिजनेसमा हात हाल्ने नेपालीहरुको संख्या दिनानुदिन बढ्दै गईरहेकोमा ऊनि खुशी छन्  | कमसेकम नेपालीहरु जस्तो सुकै दुख परेपनि विजनेस गर्न सक्दा रहेछन् है भनेर जापनिजहरु कै अगाडी देखाऊन पाएकोमा ऊनि गर्व गर्छन् | तर केहि मान्छेहरु व्यावसाय गरेर पैसा कमाएँ भन्दै अलि वढि सेल्फी हुने र नेपाली हुँ भनेर परिचय गराऊनु भन्दापनि जापनिज हुँ भनेर घमण्ड देखाऊने गरेकोमा उनलाई राम्रो लागेको छैन | हिजोको आफ्नो नेपालको पहिचान नै भुले जसरी जापनिज नै वन्न खोजीरहने प्रति उनको दुखेसो छ |

"संसारको जुनसुकै ठाऊमा वसेपनि, जुनसुकै ऊच्च ओहोदाको पद धारण गरेपनि,  जतिनै पैसा कमाएपनि हिजोको आफ्नो जन्मभुमी बिर्सनुहुन्न |" भगिरथले द नेपाल टुडेसंगको भेटमा भने | ऊनको तर्क छ,  "खोला तरें भनेर लौरो बिर्सन हुन्न |"

देशको अवस्था बिस्तारै राम्रो हुदै गएछ र लगानी गर्ने वातावरण बन्दै गएछ भने नेपालमा पनि ऊनि लगानी गरेर धेरै युवाहरुलाई रोजगारी दिन चाहन्छन। हाम्रो यो पुस्ताले त नेताहरुको अदुरदर्सीताका कारण दुख भोग्नु परिरहेको छ | नेपालमै रोजगारी पाऊने अवस्था नभएर लाखौ युवाहरु बिदेसतिरै धाईरहनपरिरहेको छ | अवका पुस्ताले त्यस्तो दुख नपाऊन भनेर ऊनि थोरै भएपनि विजनेसवाट वचेको पैसा नेपालमै लगानी गर्न चाहान्छन् ।

 एक छोराका बाऊ भईसकेका भागिरथ छोराले विजनेस सम्हाल्ने भएपछि भने नेपालमै फर्केर बुढेसकाल विताऊन चाहन्छन । रोजगारी वा विजनेसको सिलसिलामा नेपाल बाहिर रहेका नेपाली युवाहरुले थोरै थोरै भएपनि फन्डहरु कलेक्सन गरेर नेपालमै लगानी गर्नुपर्छ नेताले गरिदेलान् भनेर अव पर्खन हुदैन अव देश वनाऊन हामी आफै लाग्नपर्छ भन्दै बिदेस छिरेका नेपालीहरुलाई उनि नेपालमा लगानीका लागी आग्रह गर्छन ।
लामो संघर्षपछि जापानमा आफ्नै ब्यबसायमा जमेका न्यौपानेले छुट्टिने बेलामा भने, "म त जापानमा खुशी छु, देशका लागि पनि केहि गर्नेछु |"