पोखराको बजेट रु ८७ करोडभन्दा बढी

पाेखरा- पोखरा उपमहानगरपालिकाको २०औँ नगर परिषद्मा मङ्गलबार आव २०७३÷७४ का लागि रु ८७ करोड २० लाख ५५ हजारको बजेट पेस गरिएको छ ।
उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले आन्तरिक आम्दानीमार्फत रु ४० करोड ३५ लाख र बाह्य स्रोतमार्फत  रु ४३ करोड ८५ लाख तथा वैदेशिक सहायताबाट रु तीन करोड ५५ लाखको व्यहोरिने गरी बजेट प्रस्तुत गरे । नगर परिषद्मा पेस गरिएको कुल बजेट गत वर्षको तुलनामा १७ प्रतिशतले बढी छ । रासस