हाकिम रिझाउन वन्यजन्तु सिकार !

बझाङ – सरकारी निकायका कर्मचारी र ठेकेदारले माथिल्लो तहका कर्मचारीलाई कोसेलीका रुपमा जंगली जनावरका मासु दिने गरेका छन् । जिल्ला सदरमुकाममा सरकारी काम छिटो गराउन कर्मचारीलाई ठेकेदारका साथै सर्वसाधारणसम्मले जंगली जनावरसाथै राष्ट्रिय पंक्षी डाँफेको मासु घुस दिने गरेका हुन् ।


तल्लो तहका कर्मचारी र ठेकेदारले सिकारीसँग मिलेर राष्ट्रिय पंक्षी डाँफेका साथै झारल, घोरल, कस्तुरी, मृग, कालिज मार्ने गरेका छन् । केही सिकारीले सदरमुकाम चैनपुरमा लुकीछिपी वन्यजन्तुका मासु बेच्ने गरेका छन्,