पाप धुरिबाट क्वार्र ! -सन्तोष चोखाल





सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुमा हार्दिक नमस्कार !

नेपाली फुटवल टिमले अन्तराष्ट्रिय खेलमा प्रथम स्थान हासिल गरेको खुशियालीमा सम्पूर्णमा हार्दिक बधाई पनि !

 आज यो मन यती धेरै खुशी छ कि म शब्दमा बयान गर्न सक्दिन । यो देशको फुटबलमा नया इतिहास बनेको छ । आज म कुरा गर्दै छु देशको सान उच्च बनाउन सफल नेपाली फुटबलको ।

केहि समय अगाडी खेल फिक्सिङ भयो भनेर हाम्रो देश नेपालको फुटबलको ठुलो बेइज्ज भएको थियो । त्यो खबर मैले सुन्दा मैले सोचेको थिए हामी हेपिएका देशका नागरिकलाई फेरी हेपियो । हाम्रा देशका कर्मठ खेलाडिले यस्तो काम गरेका होईनन फसाइएको होला । तर कुरो सत्य रहेछ | नेपालले २३ वर्षपछी इतिहास रच्दै गर्दा पाप धुरिबाट कराएको अनुभव भएको छ ।

यती राम्रो , यती दरिलो , यती धेरै अनुभव प्राप्त रहेको हाम्रो नेपाली फुटबल टिमले यस भन्दा अगाडी केहि कु गर्ने खेलाडिले गर्दा देशले हार बेहोर्नु परेको रहेछ ।

 बंगलादेशमा बंगबन्धु गोल्डकपको उपाधि जितेर हामी गोर्खालिको सान र जितको खडेरी सकिएको छ ।  यो प्रतियोगिता जित्दै गर्दा मैले बुझेको कुरा नेपाली खेलाडिमा क्षमता छ, त्यसलाई स्वतन्त्र रुपमा देखाउन पाए मात्र पुग्दो रहेछ । नेपाली फुटबल टोलिले हिजोबाट ठुलो फड्को मारेको छ ।

नया प्रशिक्षक, नया कप्तान र नया सुन्दर टिम, जसले इतिहास रच्यो । नेपालमा धेरै सम्भावना छ तर बिडम्बना जहाँ पनि फोहोरी, दुर्गन्धित राजनितिले तहसनह्स गराउने । नेपाली फुटबल टोलिका विर गोर्खेहरु तिमीहरु कहिल्यै पनि देशको इज्जतमा दाग लाग्ने काम नगर्नु । अन्तत: थाहा भयो नि पाप धुरिबाट ढिलोचाडो अवस्य कराउछ । यो विर गोर्खाली हो कही पनि झुक्दैन अनि कही पनि चुक्दैन ।

आखिर २३ वर्षपछी हामी फेरी प्रमाणित गर्न सफल भएका छौं की हामी हरु कम्जोर छैनौं | यो फुटबलमा मात्र होइन | हाम्रो देशको हरेक क्षेत्रमा यही कुरा लागु हुन्छ | हामी नेपालीहरु हरेक क्षेत्रमा अब्बल छौं | हरेक क्षेत्रमा पहिलो छौं | तर भ्रस्ट नेतृत्वका कारण बाकी अरुको मेहेनेत र पसिना पनिमा बगेको छ | गलत नियत भएकाहरु माथि माथि भईदिदा असल मन भएका धेरैको इज्जतको मूल्य हुन सकेको छैन |

र म फेरी भन्छु, यी गलत तत्व नेपालको हरेक खेलमा छन् | चाहे त्यो एथलेटिक्स होस्, चाहे त्यो राजनीति | चाहे त्यो कर्मचारीतन्त्र होस् चाहे त्यो विकासे संघ संस्था | मानव अधिकार होस् या पत्रकारिता ! जताजतै त्यो गलत हावी छ | फुटवलमा जसरी पैसा खाएर हाम्रा पुराना खेलाडीहरुले आत्मघाती गोल गरेका छन्, त्यसैगरी नेपालका धेरै ठाउँमा आत्मघाती निर्णय र कामहरु भएका छन् |

मात्र आवश्यक छ, कानुन पालना गराउने सच्चा देशभक्तको | सबै ठाउँका घुसखोरीहरुलाई पक्रन सक्ने हो भने देशको शान माथि उठ्न केहि बेर लाग्दैन | त्यो दिन पनि पक्कै आउने छ |

हे ! हाम्रा महामहिम ज्युहरु,  देशका शोषक ज्युहरु यी खेलाडिबाट केहि सिक्नुस । अब फुटबलले नया इतिहास बनाए जस्तै यो देशले नया इतिहास बनाउनु छ । कुरा होइन काम गरेर देखाउनुस । जय स्वाभिमान ।



(चोखाल - नेपाल जापान विधार्थी समाजका केन्द्रिय अध्यक्ष हुन। )