नेपालको पर्यटन विकास र रेमिटेन्स -प्रकाश श्रेष्ठ




नेपाल संसारमै प्राकृतिक सौन्दर्यताले भरिपुर्ण देश हो । यहाँको मनमोहक देखिने सेताम्मे हिमाल , पौराणिक महत्वका मठ-मन्दिरहरु, प्राकृतिक सम्पदाहरु, आकर्षक तालहरु, झरनाहरु , विभिन्न कला-संस्कृतीहरुले कसको मनलाई पगाल्दैन होला । यसैले होला विश्वका मानिसहरु नेपालमा पाईला टेक्न/भ्रमण गर्न लालायित भएका हुन्छन् ।

जस्तो की सगरमाथा लगायत उच्च हिमशिखरहरु ,बुद्धको तपोभूमी , विविधताले भरिएको पारम्परिक भेसभुषा, विविद धर्म ,संस्कार,रितीरिवाज ,आकर्षक हस्तकलाका सामाग्रीहरु ,ईमान्दार र सोझा सर्वसाधारण मानिसहरु , विशिष्ट अतिथी सत्कार शैली, हरिया पहाडी मनोरम भु-भाग,ट्रेकिगको रमाईलो यात्रा, सलल बगेका नदीहरुमा र्याफ्टीगको सुविधा, अग्लो आकाशेपुलहरुबाट साहसिक  बन्जी जममा रम्न पाईने,अग्लो पहाडको टुप्पोहरुबाट प्यारागलाईडको आनन्द लिने पाईने, माउन्टेन फ़्लाइट , नदी-तालहरु मा मोटरबोट र डुंगा खियाएर डुल्ने -घुम्ने अवसर ,विभिन्न रिसोर्टहरुमा थकानहरु विश्राम गर्न पाईने, बनजंगलहरुमा बन्यजन्तुहरुलाई हेर्ने र उनीहरुसँग रमाउने अवसर ,आस्थाका धरोहरहरु -पशुपति मन्दिर,जानकी मन्दिर , गौतम बुद्धको जन्मस्थल लुम्बिनीको दर्शन गर्ने अवसर र यस्तै थुप्रै आन्नद र रमणीय चिजहरूले गर्दा आन्तरिक एवं बाहिय पर्यटकहरु नेपालमा आउने -जाने गरिरहेका हुन्छन् |

        यति धेरै पर्यटकिय सम्भावनाहरु छन् की एकछिनमा चर्चा गरेर सम्भव नै छैन भन्दा  पनि हुन्छ ।अथाह आम्दानी र रोजगारी यो पर्यटन क्षेत्रबाट ब्यक्तीगत व्यवसायी ,आम सर्वसाधारण र सरकारले लिन सक्दछ तर पनि पर्यटनमा आधारित उद्यम/उद्योगहरु पर्याप्त र भरपर्दो रुपमा संचालन हुन नसकेको कारण सम्भाव्य आय आर्जनबाट टाढिनु पर्ने अवस्था एउटा  चिन्ताजनक पक्ष हो ।

आज विश्वले पर्यटकिय हिसाबले उत्कृष्ट गन्तव्यको  स्थानहरु मध्ये नेपाललाई उत्कृष्ट देशहरुको सुचीमा छनौट गरिरहेको अवस्थामा हामीले पर्यटकहरुलाई आकर्षक सेवा-सुविधा,वस्तुहरु उपलब्ध गराएर नेपाल बसाईको दिनहरु लम्बाउन सकिरहेका छैनौ ।

पर्याप्त सुचना संयन्त्र ,पर्यटक गाइडहरु ,ट्रेकिग गाइडहरु ,यातायात,होटल तथा रेष्टुरेन्टको सुविधा ,पर्यटकहरुको सुरक्षा संयन्त्र ,पर्यटकहरुलाई  भ्रमण लगायतका विविध सेवाहरुको व्यवस्था मिलाउने विभिन्न भरपर्दो एजेन्सीहरुको कमि ,विश्व पर्यटन बजारमा पर्याप्त प्रचार-प्रसार एवं प्रवर्धनको कमि ,सरकारको स्पष्ट निती र कार्यक्रमको अभाव आदीले पर्यटन क्षेत्रमा राम्रो प्रगती नेपालले गर्न सकेको छैन ।

यी विविध कारणले देश भित्रै प्रशस्त रोजगारी सृजना गर्न सक्ने सम्भावना रहेको आशातित क्षेत्र पर्यटन भएर पनि देशको कुल जनसंख्याको १८ बर्ष देखी ४० बर्षको उमेर समुह करिब ६० प्रतिशतको हाराहारीमा रहेका युवाहरुको रोजगारी र व्यवसायको आकर्षक क्षेत्र बन्न सकिरहेको छैन । एकातर्फ प्रशस्त प्राकृतिक स्रोत र साधनहरु हुँदाहुँदै उपयुक्त उपयोग र कुशल व्यवस्थापन नहुँदा विभिन्न उद्योगहरु स्थापना र संचालन हुन नसक्नु साथै राजनैतिक अस्थिरता एवं अन्यौल  ,स्पस्ट लगानी आकर्षण गर्न सक्ने नियम ,कानुन,एन,नितीको अभाव,लगानी संरक्षणको प्रत्याभूतीको ग्यारेन्टीको अभाव आदीले  गर्दा बाध्यता र विवसताले लाखौ युवाहरुलाई वैदेशिक रोजगारीले तानिरहेको छ ।

लाखौ नेपाली विदेशी भुमीमा आफ्नो श्रमलाई बेचिरहेका छन् ।शिक्षित,अर्ध शिक्षित र कम शिक्षित  सबै खाले व्यक्तीहरु बौद्धिक एवं शारीरिक श्रम गर्दै विदेशी भुमिमा पसिना बगाएर भविश्यको सुन्दर  सपना प्राप्तीको लागी  र परिवार धान्नको लागी कडा श्रम गरेर आय आर्जन गरिरहेका छन् र कतिपय व्यक्तीहरु श्रमिकबाट विस्तारै व्यवसायी समेत बनेर अरु नेपालीहरुलाई रोजगारी विदेशमै दिईरहेका छन् ।

जे जसरी विदेशमा कमाएका छन् त्यसको अधिकांश हिस्सा नेपालमा आफ्नो परिवारलाई पठाएर परिवारका सदस्यहरुको गाँस,बाँस ,कपास र बच्चा-बच्चीहरुलाई  शिक्षादिक्षा दिने कामका साथै साना-तिना उनीहरुको सपनालाई साकार पार्न हरपल दु:ख ,कष्ट सहेर काम गरिरहेका छन् यती हुँदाहुँदै पनि उनीहरुको जीवनस्तर सोचेजस्तो माथी उठ्न सकिरहेको छैन ।

 तातो खाडीको मरुभूमि होस् या जापान,कोरिया ,युरोप वा अमेरिका नै किन नहोस् नेपालीहरु आफ्नो सन्तानको उज्वल भविष्य मनमा साँचेर कर्म गरिरहेकाछन् यसरी विदेशमा विभिन्नरुपमा कामदार ,व्यवसाय वा पेशा अपनाएर कमाएको कमाई जव उनीहरुले जन्मभुमी नेपालमा विभिन्न माध्यमबाट पठाउँछन् त्यसलाई बोलीचालीको भाषामा Remittance भन्ने गरिन्छ ।

यस्तो आम्दानी जब उनीहरुको परिवारमा पुग्छ तव परिवारका सदस्यहरुले दैनिक गुजारा चलाउन अधिकांशरुपमा उपभोग्य वस्तु तथा विलासिताको वस्तु र घर ,जग्गा-जमिन खरिद गर्नमा नै खर्चिने गर्दछन् त्यस्को थोरै हिस्सा कतिपयले वचत पनि गर्दछन् तथापी यो वचतको प्रवृती अनियमित र उत्पादनशिल क्षेत्रमा लगानी गर्नका लागी भन्दा पनि भैपरि आउने खर्च र पुन:उपभोग्य सामाग्रीको उपभोग गर्न  तथा विवाह,ब्रतबन्ध ,धार्मिक कार्य,सामाजिक सहयोग (विद्यालय,स्वास्थ्य केन्द्र,बाटोघाटो निर्माण ,मठ-मन्दिर,चर्च,गुम्बा,मस्जिद आदीलाई चन्दा दिन)दिनको लागी उपयोग गरेको पाईन्छ ।

यसरी बर्षेनी खरबौ रुपियाँ रेमिटेन्स भित्रिरहदाँ समेत सर्वसाधारणको जिवनस्तरमा उल्लेखनीय परिवर्तन नहुनुमा खासगरी वचत कम गर्नु र भएको वचतलाई उत्पादकिय क्षेत्रमा लगानी हुन नसक्नु नै हो भन्दा अतियुक्ती नहोला । जबसम्म बचतलाई उत्पादकिय क्षेत्रमा प्रवाहित गर्न सकिदैन तबसम्म थप आयआर्जनको अवसर सृजना हुन सक्दैन साथै देश भित्रै रोजगारीको मार्ग प्रसस्त हुँदै देश बस्तु तथा सेवामा आत्म निर्भर बनेर आयातलाई निर्यातले विस्थापित गर्दै देश आर्थिकरुपले सबल बन्न सक्दैन त्यस्तै विस्व बजारमा स्वदेशी वस्तु तथा सेवाको उत्पादनले बजार लिन सक्ने अवस्था समेत हुँदैन ।

यसरी हेर्दा विदेशबाट भित्रिने आम्दानीलाई देशमा लगानी गर्न सक्ने मेकानिजम सरकार ,उद्यमी,व्यवसायीले स्थापित गर्न सक्ने हो भने विदेशमा रहेर श्रम तथा पेशा अपनाएका व्यक्तीहरुले अतिरिक्त काम गरेर थप आय आर्जन गरि नियमित रेमिटेन्स पठाउने वातावरण सृजना हुन सक्नेमा कसैको दुईमत हुन सक्दैन । यो तमाम कामको लागी पहिलो त देशमा राजनितीक वातावरण सुध्रिनु पर्यो ,लगानीको वातावरण बन्नु पर्यो ,डाईरेक्टरुपमा विदेशबाट पठाएको रकम लगानी गर्न मिल्ने संयन्त्र हुनु पर्यो,विदेशी लगानी संचालन हुनसक्ने उद्योगको प्राथमिकता निर्धारण हुन सक्नु पर्यो र लगानीको न्यूनतम प्रतिफल प्राप्त हुने आधार तोकिनु पर्यो ।

यी र यस्तै लगानी सम्बन्धी पुर्वाधार ,व्यवसायीक निती,नियम ,एन,कानुन आदीको स्पष्ट खाँकाको निर्धारण र कार्यान्वयन हुन सके मात्र विदेशी दातृ संस्था,लगानी कर्ताको भर परिरहनु नपर्ने अवस्थाको सृजना हुन सक्दछ ।

       अहिले हालसालै जलविद्युत /उर्जामा विदेशमा काम गरिरहेका व्यक्तीले कमाएर पठाएको लगानीलाई प्रत्यक्ष लगानी गर्ने अवसर दिने जुनकिसिमको निर्णय गरिएको छ त्यो पक्कै पनि स्वागतयोग्य र सराहनीय निर्णय हो भन्न सकिन्छ ।अझै अरु क्षेत्रहरु उत्पादन उद्योग ,होटल तथा रेष्टुरेन्ट व्यवसाय ,पर्यटन उद्योग ,निर्माण उद्योग आदीमा समेत यसरी नै लगानी गर्न सक्ने अवधारणा बन्न सके र अझै विदेशबाट पठाएको पैसा नेपालको बैक खातामा जम्मा गरेर बैक मार्फत लगानी गर्ने तरिकाको साथै ईलेक्ट्रोनिक माध्यमबाट समेत अर्थात् विदेशी बैकहरुले जारी गर्ने बैक कार्डहरुको उपयोग गरि अनलाईनबाट नै लगानी कारोवार गर्न सकिने अवस्था हुनसकेमा अति उपयुक्त हुने थियो । त्यस्तै विभिन्न सरकारी संस्थान एवं कम्पनीको शियर-डिभेन्चर र विभिन्न Bond ,Treasury bill ,securities मा समेत विदेशबाटै प्रत्यक्ष लगानी गर्न सक्ने संयन्त्र हुन सके झनै सुनमा सुगन्ध हुने थियो ।

       जे जसरी हुन्छ विदेश बसेका नेपालीहरुबाट लगानी भित्राएर विभिन्न उद्योग ,कलकारखाना स्थापना र संचालन हुन सके देशमा रहेको प्राकृतिक कच्चा पदार्थ,कृषिजन्य तथा बनजन्य कच्चा पदार्थको समुचित सदुपयोगबाट देशलाई चाहिने अन्तिम उपभोक्ता वस्तु ,विलासिताका वस्तु , निर्माण सामाग्रीको उत्पादन हुन सक्ने र बढी भएको वस्तु विदेशमा निर्यात गरि विदेशी मुद्रा आर्जन गर्न सकिने तथा विदेशमा विभिन्न जोखिमयुक्त काममा सस्तो मुल्यमा श्रम बेच्न बाध्य युवाहरुलाई देशमा नै रोजगारीका लागी फिर्ता बोलाउन सकिने र थप युवाहरु बर्षेनी विदेशीने ट्रेन्डलाई कम गर्न सकिने हुन्छ ।

अझै अहिलेको आकर्षक र आशातित व्यवसाय पर्यटन उद्योगमा यस्तो खाले विदेशी रेमिटेन्सलाई लगानी  गर्न सकेमा साँच्चिकै लगानीको प्रतिफल पनि उच्च हुने र थोरै मात्रै पर्यटन उद्योगलाई प्रवर्धन हुने गतिविधिमा ध्यान पुर्याउन सक्ने हो भने पर्यटन व्यवसायमा गरिएको लगानीले स्थायी प्रतिफल दिईरहने कुरामा दुविधा हुनु पर्दैन । वास्तवमा जुनसुकै व्यवसायिक ,औद्योगिक कामको लागी उर्जाको जरुरी हुने हुँदा यो क्षेत्रको विकास हुनु अत्यान्त आवस्यक छ र यसमा लगानी विस्तार गरि प्रचुर विद्युत उत्पादन हुनसके देशमा लोडसेडीगको अन्त्य मात्र नभई औद्योगिक कार्यमा उर्जाको संकट टार्न पनि थप बल मिल्न जाने छ , त्यसको साथै पर्यटनको क्षेत्रमा प्रशस्त लगानी गरि पर्यटन उद्योगबाट तत्काल फाईदा लिन सकिने छ ।

पर्यटन उद्योग त्यस्तो उद्योग हो ,जसलाई विकास र विस्तार गर्न अरु धेरै उद्योगलाई सँगसगै विकास गर्दै जानु पर्दछ जस्तो की फास्टफुड कम्पनी ,तयारी खाद्यसामाग्री उत्पादन र पैकिंग गर्ने कम्पनी ,मिनरल वाटर कम्पनी ,यातायात सेवा कम्पनी त्यस्तै होटल तथा रेष्टुरेन्ट ,रिसोर्ट निर्माण गर्ने निर्माण उद्योग ,हस्तकला उत्पादन उद्योग ,तयारी पोशाक उद्योग ,बैक विक्तिय संस्था,ईन्सुरेन्स कम्पनी,स्वास्थ्यसेवा सम्बन्धी उद्योग आदी ।यसरी हेर्दा यी तमाम उद्योगहरुको विकास र विस्तारमा पनि लगानी विस्तार गर्न सकिन्छ ।

यसरी हेर्दा पर्यटकलाई मनोरंजन दिने नाईट क्लवहरु क्यासिनो ,स्थलगत भ्रमण गराउने ,सहयोगी गाईड देखि सुचना केन्द्र ,ट्राभल कम्पनी ,मोनी एक्चेनज केन्द्र,होटल-रेस्टुरेन्ट व्यवसाय,होम स्टे,सामान किनमेलका लागी उपलब्ध बजार,यातायात व्यवस्था,पर्यटकले उपभोग गर्ने विशेष वस्तु तथा सेवा उद्योग  आदीमा धेरै व्यक्तीहरुले रोजगारी पाउन सक्ने हुँदा युवाजनशक्ती बेरोजारी बनिरहनु पर्ने ,उच्च जोखिम मोलेर विदेशमा काम गर्नु पर्ने बाध्यताबाट छुटकारा मिल्ने छ ।

अत: विदेशबाट आर्जन हुने रेमिटेन्सलाई पर्यटन उद्योगमा लगानी गर्नसकेमा देशमा छोटो समयमै उल्लेखनीय आर्थिक परिवर्तन हुनसक्ने देखिन्छ र त्यस तर्फ सरकारको समयमै ध्यान जानु जरुरी देखिन्छ ।

    बाल्टिमोर,अमेरिका ।