अाजदेखि शुरू भयो कांग्रेसको नेतृत्व चयन प्रक्रिया

काठमाडौं, माघ १४ । नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत शुक्रबारबाट नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुँदैछ । मुलुकभर शुक्रबार पार्टीको सबैभन्दा तल्लो इकाइ गाउँ नगर समितिको निर्वाचन हुँदैछ ।

पार्टीको ४ लाख ७० हजार क्रियाशील सदस्य प्रत्यक्ष सहभागी हुने निर्वाचनले आगामी चार वर्षका लागि गाउँ, नगर समितिको नेतृत्व चयन गर्नेछ भने क्षेत्रीय तहको नेतृत्व चयनका लागि प्रतिनिधिसमेत छनोट गर्नेछ ।