आफ्नै गीतमा प्रियंका कार्की टु पिसमा (भिडियो सहित)


काठमाडौं - ग्ल्यामरस एवं बोल्ड नायिकाको रुपमा चिनिन्छिन् प्रियंका कार्की  चलचित्रका गीतमा होस् या म्यूजिक भिडियो । बोल्ड अभिनय गर्न गार्‍हो मान्दिनन् उनी । 

उनै नायिका पछिल्लो समय गायिकाको रुपमा समेत परिचित छिन् । उनको आफ्नै स्वर रहेको गीतको भिडियोमा टु पिसमा अभिनय गरेकी छिन् । स्वतन्त्र बोलको गीत गाएकी प्रियंकाले नयाँ वर्षको अवसरमा युट्युववाट सोही गीतको भिडियो सार्वजनिक गरेकी छिन्  ।

प्रियंका आफ्नै स्वर रहेको भिडियोमा मोडलिङ र निर्देशन समेत प्रियंकाकै रहेको छ । उनको स्वरको वारेमा चर्चा होला नहोल भन्न सकिन्न तर, भिडियो निर्देशनमा उत्कृष्ट क्षमता प्रस्तुत गरेकी छिन् । सैलश सिंहले रचना गरेको गीतमा संगीत पनि सैलेशकै छ ।

नेपालमा नायिकाहरुले स्वर दिन थालेको धेरै भएको छैन । यस अघि पनि रेखा थापा, गौरी मल्ल लगायतका नायिकाले स्वर  दिएका थिए । तर, उनीहरुको स्वरको खास चर्चा भएन । प्रियंकाको स्वरको पनि चर्चा हुने हो वा भिडियोमा देखिएको बोल्ड दृष्यको हेर्न बाँकी नै छ ।

,