उखान टुक्काले देशलाई निकास दिन सकिन्छ र प्रधानमन्त्री ज्यु!


योजना बनाउनु बिल्कुलै राम्रो कुरा हो | कार्यान्यन र ब्यबस्थापन गरेर देखाउनु झनै राम्रो हो | चुलो चुलोमा ग्यासको पाईप फिट गरिदिने ,हवाबाट बिजुली निकालेर एक वर्ष भित्र देशलाई लोडसेडिङ मुक्त बनाउने ,डीजलबाला भुरुरु धुँवा छोड्ने बस होइन इलेक्ट्रोनिक बस चलाउने जस्ता महत्वपूर्ण घोसणा प्रधानमन्त्रीले गर्नु भएको छ |जुन कुरा पुरा गर्न उचित पूर्वाधार र आधारहरु  चाहिने होइन र ?बिना आधारको उखान  टुक्का भन्नु र कार्यन्वयन गर्नु भनेको हत्केलाले सुर्य छोप्न खोज्नु जस्तै भएन र ?प्रस्ट नीति नियम र योजनाबद्ध तरिकाले मात्र देशलाई अग्रगामी निकास दिन सकिन्छ ?हल्का उखान टुक्काको भरमा राष्ट्र हाक्न सकिन्छ र प्रधानमन्त्री ज्यु ? नाकाबन्दीले गर्दा खाधान्य,इन्धन ,लताकपडा औसधि जस्ता आधारभूत आवस्यकताबाट जनताहरु बन्चित भैईरहेको बेला हबाधारी गफ गर्दै हिड्नु साहै लज्जास्पद कुरा होईन र ? भूकम्प पीडित जनतालाई एउटा कम्बल  ,प्लासटिकको पाल  दिन  र  हाल्दिन नसक्ने ,अनि गर्भवती महिलाहरुले प्रसुतिगृहको अभाब झेलिरहेको   नाजुक  स्थितिमा    जनतालाई ठुला - ठुला सपना देखाउदै हिड्नु साह्रै निर्लज्जपूर्ण कुरा होइन र ?नेपालको राजनीतिक अवस्था देखेर नेपालीहरुको  मात्रै होइन बिदेसिहरुको पनि मनमुटु खाएको छ |

सक्तिमा नपुग्दा सम्म जे गरे पनि ,जसो गरे पनि ,जस्तोसुकै भासण गरे पनि ठिकै थियो तर जिम्बेबार पदमा पुगेपछि उच्च बिस्बासै गर्न नसकिने यस्ता बाईयात जोक गर्दै हिड्नु भनेको आफुले आफ्नै हर्कत देखाउनु होइन र ?पहिलाका प्रधानमन्त्रीले नेपाललाई १० वर्षमा सिंगापुर र स्वीट्जरल्याण्ड बनाउछु भन्थे ,मेलान्चिको पानीले काठमाडौँको सडक पखाल्ने भनेर जनतालाई असम्भब सपना देखाएर मुर्ख बनाए झैँ ओलीले पनि हावादारी कुरा गरेर जनता झुलाउने काम गरेका छन् |प्राबिधिक रुपले सम्भब जस्तो देखियता पनि आर्थिक स्रोत ,साधनको प्राचुर्यताले गर्दा सम्भब हिन सपना देखाएर जनतालाई मुर्ख बनाउदै आफुलाई सिनेमाको जोकर साबित गरेका छन् |झन् त्यो भन्दा बढी यस्ता उखान र टुक्काहरूमा ताली बझाउने हामी जस्ता सोझा जनतालाई कुन नामले सम्बोधन गरौ खै !!!

प्रधानमन्त्री ज्यु हजुरले बोलेका कुराहरु यथार्थमा गर्दा राम्रो र उपयुक्त हुन्छ होला तर अहिलेको  अबस्थामा यस्ता कुराहरु  भासण गर्दै हिड्नु भन्दा पनि  स्रोत साधन र योजनालाई विचार गर्नुपर्ने होइन र ?सपना देखाएर मात्र हुदैन यथार्थमा परिणत गराउनु पर्छ|नेपालमा कहाँ छ जहाँ कुन चाहि घर एन्जिनेयेर्रिंग बेस्मेंट मा बनेको तपाईले भने जस्तो पाईपमा ग्यास वितरण गरेर चुलो बाल्न मिल्ने ?जबकी जनताले एउटा सिलिन्डर पाउन युद्ध जिते भन्दा गाह्रो भएको समयमा ,एक भारी दाउरा दिन नसकेको अबस्थामा , ग्यास , पेट्रोल दिन नसकेको बेलामा , कालो बजार नियन्त्रण गर्न नसकेको बिकराल स्थितिमा नेपाली जनताहरुको आखामा कहिले सम्म छारो हाल्ने काम गर्नु हुन्छ प्रधानमन्त्रीज्यु ?

प्रधानमन्त्रीको यस्ता हावादारी कुराहरुबाट कार्यकर्ता मात्र हाँसीरहेका छैनन् आज सिंगो देस नै हाँसेको छ | मधेस आन्दोलन र नाकाबन्दीले जनजीबन नै चौपट बनाएको छ ,एउटा गोबरको गुईठो पाउन कठिन भएको बेलामा प्रधानमन्त्री जस्तो ब्यक्ति ठट्टामा लागेर कता आफ्नै देशको धज्जी त उडाएका त छैनन् ? आखिर कतिन्जेल सम्म  कोमल नेपाली जनताहरुको भावनासग मजाक गर्नु हुन्छ ओली ज्यु ? साधुको कथामा जस्तो पिठो बेचेर धनि बन्ने सपना भए जस्तै जोक र उखान टुक्काले देशलाई सम्बृद बनाउन सकिएला र ?काम गर्नको लागि त सर्बप्रथम प्रतिबध्ता ,धैर्यता ,लगनसिलता चाहिन्छ जुन तपाईहरुमा पटक्कै भेटिदैन | प्रधानमन्त्री ज्यु अपत्यारिलो भासण गरेर जनताले ताली बझाउदैमा जनताको मन जितेको पटक्कै नसम्झनु होला | बोल्नु भन्दा पहिले के बोलेको छु भनेर सोच्ने पनि गर्नुस | जुन देशको राजधानीमा पिउने पानी,इन्धन ,लताकपडा ,औसधि   ग्यास जस्ता अति आधारभूत आवस्यकताको सहज रुपमा उपलब्ध हुन सकेको छैन तेसै देशको प्रधानमन्त्रीले यस्ता असम्भब कुरा गर्दै हिड्नु कति हास्यास्पद कुरा हो हामी आफै मुल्याकन गर्न सक्छौ होइन र ? नेपाल विकास हुन नसक्नुको प्रमुक एक कारण    कतै  यस्तै  नेताहरु र राष्ट्र प्रमुक भएर त होइन ?

,