जाडोसँग डराउने नम्रताले शुटिङ छुटाइन्

काठमाडौं- जाडो कहिले सकिएला र मज्जाले काम गरौंला जस्तो भएको छ नायिका एवं मोडल नम्रता सापकोटालाई । जाडोमा औंला सुन्निने समस्याले उनी हैरान छिन् । जाडोकै कारण शुटिङ छुटाउँदा उनले आर्थिकरुपमा समेत घाटा व्यहोरेकी छिन् ।

हरेक वर्ष क्रिसमस सुरु भएलगत्तै जाडो बढेको महसुस हुन्छ उनलाई । यसपालि पनि त्यस्तै भयो । यसपालि पनि क्रिसमस सुरु भएपछि जाडो बढेको जस्तो लाग्यो अनि अहिले त अभिनयको कामै छाडेर बसेकी छु ।
हरेक वर्ष जाडोयाममा दुई हप्ता कामै छाडेर बस्ने गरेकी छिन् उनी । जाडोकै कारण जनवरी फष्टमा पोखरामा आयोजित कार्यक्रममा सहभागी हुन सकिनन् जसले गर्दा चारवटा म्युजिक भिडियोको प्रस्ताव अस्वीकार गर्नुपर्‍यो । उनी भन्छिन्- ‘चारमध्ये दुईटा म्युजिक भिडियोको सुटिङका लागि नैनीताल जानुपर्छ भन्नुभएको थियो, मलाई त जाडोमा आँटै आएन ।’ नेपालमै सुटिङ गरिने अरु दुई भिडियो पनि उनले जाडोकै कारण छोडिन् ।