सरकार अबुझ छ, बोल्नु नै बेकार छ - किशोर प्रधान, उपाध्यक्ष, नेउबामहासंघ (भिडियो अन्तरबार्ता)




नेपालमा अहिले भईरहेको कालाबजारीमा सरकार स्वयं सहभागी भएको नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले आरोप लगाएका छन् | द नेपाल टुडेसंग कुराकानी गर्दै प्रधानले भने "देशमा कालाबजारी भएको सत्य हो तर त्यसमा सरकार र राजनीतिक पार्टीका कार्यकर्ताहरुको नै हात छ |"

उपाध्यक्ष  प्रधानले बर्तमान सरकार राज्य संचालनमा असक्षम रहेको विचार समेत ब्यक्त गरे | "यो सरकार अबुझ छ, हामी बुझेकाहरुले बोल्नु नै बेकार छ" प्रधानले भने |

पारिवारिक भेटका क्रममा अमेरिकामा रहेका प्रधानले द नेपाल टुडेसंगको अन्तरबार्ताका क्रममा उक्त विचार ब्यक्त गरेका हुन् |

"सरकारले न जनताका कुरा सुनेको छ न ब्यबसायीका" प्रधानले भने, "सर्बसाधारण जनता जस्तै अहिले हामी ब्यबसायी पनि मर्कामा परेका छौं | न ब्यापार छ न गुनासो गर्ने ठाउं ! देशमा सरकार भए नभएको अनुभूति जनताले गर्न नसकेको उनको आशय थियो |"
 नेपाल उद्योग बाणिज्य महासंघका पूर्व सदस्य दुर्गाप्रसाद श्रेष्ठको सहयोगमा प्रधानसंग द नेपाल टुडेका लागि सतिश चापागाईं र शिव मल्लले गरेको कुराकानी प्रस्तुत छ:

, ,