केकीको ‘भाग सानी भाग’को ट्रेलर सार्वजनिक (भिडीयो)



काठमाडौँ  :  केकी अधिकारी र  सविन श्रेष्ठको मुख्य भूमिका रहेको फिल्मको  ‘भाग सानी भाग’को ट्रेलर सार्वजनिक भएको छ।

कमेडी लभस्टोरी रहेके  फिल्मले दर्शक मन जित्ने र  भरपुर मनोरञ्जन दिने संकेत गरेको छ।नवल नेपालको निर्देशनमा तयार भएको फिल्ममा  चैत ५ गते रिलिज हुँदेछ।

फिल्मलाई विष्णु चापागाईं, सहदेब गौतम तथा बोलोल गौतमले निर्माण गरेका हुन् भने संगीतकार चेतन सापकोटा फिल्मका कार्यकारी निर्माता एवम् संगीतकार हुन्।

नबल नेपालले यसअघि निर्देशन गरेको लज्जा, श्रीमान लगायतका फिल्मले राम्रो व्यापार गरेकाले यस फिल्मले पनि त्यहि बाटो पछ्याउने अनुमान गरिएको छ।

घरबाट बिहेको दिन भागेकी केकी जो सानीको भूमिकामा छिन् भने सविन पनि नयाँ भविष्य खोज्न घरबाट भागेको देवुको भूमिकामा रहेका छन्।