पति पत्नी झगडा गरे जरिवाना !

ओखलढुंगा, माघ १४ । पतिपत्नीबीच बादविवाद भइरहन्छ । घरायसी विषयमा प्रायः ठाकठुक पर्छ । त्यसो हुँदा कतै छिमेकीलाई डिस्टर्व भएको त छैन ?

ओखलढुंगाको मोली–८, नेपानेको आमा समूहले घर झगडा गर्नेसँग जरिवाना लिने गरेको छ ।

आपसी झगडाले छिमेकीलाई असर गर्यो भने १५ सय जरिवाना लिने नियम बसेको छ । १ वर्ष अघिदेखि जरिवानाको नियम बनाइएको हो । हालसम्म ५ जनाले कारबाही भोगिसकेका छन् । कान्तिपुरबाट।