माफ गर्नु होला म एमाले होइन, कांग्रेस पनि होइन -मधु नेपाल


केहि दिन भयो सामाजिक संजालहरुमा धेरै कुराहरु आई रहे | ति मध्ये यी दुईटा बिषयले मलाई अति नै तानिरह्यो |

पहिलो: प्रधानमन्त्री ओलीको योग्यता बारेको बहस र दोस्रो: पूर्व अर्थमन्त्री रामशरण महतले पाएको पुरस्कारलाई गरिएको होच्याउने टिप्पणीहरु !

प्रधानमन्त्री के.पी. ओलीलाई नपढेको नेता भनिरहदा केहि लेख्न नै मनलाग्यो | मित्रहरु तपाइले के पढ्नु भयो र त्यो बिषयमा (क्षेत्रमा ) के गर्दै हुनुहुन्छ ? मलाई थाहा छैन तर आफुलाई आफ्नो जीवनमा कत्तिको सफल ठान्नु हुन्छ ?

अब कुरा गरौ ओलीको | होला उनले तपाई हामीले जस्तो साइन्स, म्यानेजमेन्ट, आर्ट्स पढेनन होला तर के जीवन भर किताबै छोएनन त? छोएनन भने तेस्ता कुरा गर्न, तर्क गर्न कहाँबाट सिके? के विश्वविद्यालयबाट पाएको कागज भए पढेको नत्र नपढेको हुन्छ ?

मुर्ख त त्यो हो जसले पाएको ज्ञान जीवनमा लागु गर्न सक्दैन | उनको क्षेत्र राजनीति हो र उनि राजनीतिमा धेरै सफल छन् | किनकी उनी देशको एउटा प्रमुख र जिम्मेवार पार्टीको प्रमुख र अहिले देशकै प्रमुख व्यक्ति बनेका छन् | के यसका लागि उनले आफ्नो दिमाग प्रयोग गरेका छैनन् होला त ?

तपाई पढेर के बन्नु भो ? त्यो विश्वविद्यालयबाट पाएको कागजले दिने जागिर उनले एक कल गरेर अरुलाई दिलाउन सक्छन | के तपाइको पढाइले त्यो शक्ति दियो ? तपाइकै भाषामा उनले नपढी देशकै प्रमुख व्यक्ति बने भने पढेको भए के बन्थे होलान ? कतै हामी उनको सफलतामा जेलस त भएका छैनौ ?

देशको प्रधानमन्त्री जस्तो गरिमामय पद र त्यो पदमा आसिन ब्यक्तिलाई राजनीतिक पूर्वाग्रहमा आधारित घटिया टिप्पणी गर्नु देशप्रेमी हुँ भन्नेलाई सुहाउने कार्य हो र ? एक पटक सबैले सोच्ने की ?

म कांग्रेस पनि होइन 

यसैगरी अहिले पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतको खिल्ली उदाएको देख्दा पनि ती टिप्पणीकर्ताहरुप्रती सारै दया लागेर आयो | जो मान्छे कलेजमा गोल्ड मेडलिस्ट थियो | पीएचडी गर्यो | सन् 1987/८८ मा US Government's Hubert Humphrey Fellowship  पाएर  the School of International Studies of the American University, Washington DC, USA मा पढ्यो | सफल भयो | UNDP मा रहेर काम गर्यो |

देशको योजना आयोगको उपाध्यक्ष भयो | टाट पल्टिदै गएका र सरकारले पाल्न नसकेका संस्थानहरुको निजीकरण गर्यो | ६ पटक अर्थमन्त्री भयो | देशको मुहार फेर्ने नीति तथा कार्यक्रम ल्यायो | कहिल्ल्यै सस्तो लोकप्रियताको नाममा सरकारी ढुकुटीमा दाईं हाल्ने काम गरेन |  आफ्नो क्षेत्रबाट मन जितेर पनि पटक पटक चुनाब पनि जितीरहन्छ |
त्यो मान्छेका बारेमा सस्तो टिप्पणी पनि सुहाउने कार्य होइन |

जुन व्यक्ति देश बिदेशका विभिन्न संघ संस्थाबाट सम्मानित छ | विभिन्न देशमा रहेर मनाबियेताको क्षेत्रमा काम गरेको छ | एउटा राम्रो कामका लागि त्यो मान्छे आज “Best Finance Minister” 2016 UK's The Banker Magazine" बाट सम्मानित भयो | त्यो खुशीमा उसको प्रशंसा नगरेपनि चुप लागेर बस्न त सकिन्छ नी !

भलै तपाइहरुले चाहेजस्तो अहिलेसम्म मनमोहनको पालामा जस्ता लोकप्रिय कार्यक्रम ल्याउन सकेको छैन | तर उसले आफ्नो पार्टीको नीति, आफ्नो पढाईको ज्ञान र वर्तमान विश्वले अंगालेको अर्थनीति लागु गरेर चर्चित छ र आफ्नो उद्देश्य र काममा सफल त भएको छ नी !

त्यो मान्छेलाई खिल्ली उडाउने तपाइ को हो ? तपाई आफुले के गर्नु भयो जीवनमा ? तपाइको उपलब्धि के हो? तपाइको व्यक्तित्वबाट कति जना प्रभावित छन् ? ती महाशयहरुलाई मेरो प्रश्न छ |

न्युयोर्क, अमेरिका