नासाको रजत महोत्सव बर्ष -२०१६ तयारी बैठक एटलान्टामा सम्पन्न

शिव विष्ट
१९ जनवरी , २०१६ - नर्थ क्यारोलिना ,अमेरिका
अमेरिकाको दक्षिण पुर्वी राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेपलिज् एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा) को रजत महोत्सव बर्ष -२०१६  तयारी बैठक एटलान्टामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विमल नेपालको अध्यक्षतामा सम्पन्न सो बैठकमा संस्थाका संस्थापक अध्यक्ष, पुर्व अध्यक्षहरु, सल्लाहकारहरु, पदाधिकारी तथा सदस्यहरुको  उल्लेख्य सहभागीता रहेको थियो । प्रत्यक्ष सहभागीता तथा कन्फ्रेन्स कलद्धारा सञ्चालित करिब ६५ जना भन्दा बढी महानुभावहरु सहभागी सो बैठकको शुरुमा संस्थाका अध्यक्ष विमल नेपालले आफ्नो कार्यकाल २०१५ देखि २०१७ को भावी कार्य योजनाको खाका प्रस्तुत गर्नुभएको थियो । 

बैठकमा प्रस्तुत एजेण्डामा छलफल हुँदा सस्थाले हरेक तीन तीन महिनामा नासा क्षेत्र अन्तर्गतका संघ सस्थाहरुसंग समन्वय गरेर बैठक गर्ने जसअनुरुप  पहिलो बैठक एटलान्टा र त्यसपछिको बैठक क्रमश साउथ क्यारोलिना, नर्थ क्यारोलिना, फ्लोरिडा, गर्दै अन्य राज्यहरुमा बैठक गर्ने निर्णय गरेको छ । साथै बैठकमा अध्यक्ष नेपालले रजत महोत्सव बर्षको अवसर परेकोले आफ्नो दुइ बर्षे कार्यकालको लागि २५ सदस्यीय सल्लाहकार समिति मनोनयन गरिएको जानकारी गराउदै सबैलाई स्वागत गर्नु भएको थियो  ।

सो बैठकमा आगामी आन्मा - नासाको १२ औ  संयूक्त सम्मेलन सेन्टलुईस शहरमा हुन गैरहेको र सो सम्मेलनलाई भव्यसंग सफल पार्न संस्थाको तर्फबाट कार्यकारी उपाध्यक्ष शैलेन्द्र बज्राचार्य, सहसचिव कृष्ण श्रेष्ठ र कार्यकारी सदस्य उद्दव कार्कीलाई सम्मेलनको उप-संयोजकमा मनोनयन गरिएको कुरा जानकारी गराइएको थियो । बैठकमा अध्यक्ष नेपालले आगामी दिनमा नासा क्षेत्रको स्थानीय संघसस्थाहरुसंग आर्थिक, सामाजिक र साँस्कृतिक कार्यक्रमहरुमा सहकार्य गर्दै अघि बढ्ने योजनाहरु सुनाउनु भएको थियो । साथै उहाँले आगामी एक बर्षभित्र संस्थाको विधानलाई सबैलाई मान्य हुनेगरी संशोधन र परिमार्जनका लागि एक विशेष समिति गठन गरी सबै नासाका सदस्यहरुबीच पुर्याउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

बैठकमा संस्थाको आर्थिक पक्षलाई पारदर्शी र व्यवस्थित बनाउन हरतरहले सदैव लागि पर्ने कुराको समेत जानकारी गराईएको थियो । अध्यक्ष नेपालले यस अघिको बैठकमा गठित विभिन्न १८ समितिहरु सार्वजनिक गर्दै नेपाली अमेरिकनहरुको हरेक दुखसुखमा हातेमालो गर्दै यो मुलुकमा उपलब्ध अवसरको खोजीका लागि सदैव अग्रसर भैरहने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

संस्थाका महासचिव शिव विष्टद्धारा सञ्चालित विशेष बैठकमा अध्यक्ष नेपालले नासा स्थापना भएको २५ औ बर्ष रजत महोत्सव बर्ष -२०१६ लाई भव्यताका साथ मनाउनका लागि विभिन्न कार्यक्रमहरु सार्वजनिक गर्दै बैठकमा उपस्थित सबैलाई राय, सल्लाह र सुझावका लागि आग्रह गर्नु भयो ।

एटलान्टास्थित हिमालयन स्पाईसि रेष्टुरेन्टमा सम्पन्न सो बैठकमा संस्थापक अध्यक्ष , डा.विश्व आचार्य, पुर्व अध्यक्षहरु डा हरि ढुंगाना, सौभाग्यलाल श्रेष्ठ, डा प्रकाश मल्ल, डा सञ्जिव सापकोटा, र टेक थापा लगायत सल्लाहकारहरुमा डा प्रल्हाद पन्त, रमेश गुरुड, डा अम्बिका रेग्मी, किरण सिटौला, सी. के. पराजुली ,डा बालकृष्ण शर्मा, सुवोध गौतम, वसन्त खड्का, कुमार केसी, र केशव शर्मा लगायत महानुभावहरुले सामाजिक क्षेत्रमा गरेका आआफ्नो अनुभवहरु व्यक्त गर्दै रजत महोत्सवलाई सफल पार्न सक्दो सहयोग गर्ने प्रतिवद्धताका साथै सुझाव दिएका थिए । 

बैठकमा यूएस नेपाल चेम्बरअफ कमर्सका कार्यबाहक अध्यक्ष सानुबाबु सिलवालले रजत जयन्ती संस्थाको एउटा ऐतिहासिक दिन भएकोले आर्थिक, सामाजिक र साँस्कृतिक क्षेत्रको प्रतिनिधित्व र सम्मान हुने गरी मनाउन सुझाव दिनु भएको थियो । त्यसैगरी एनआरएन  यूएसएका बोर्ड डाईरेक्टर तथा नासाका सल्लाहकार गोविन्द श्रेष्ठले कार्यक्रममा सबै संघसंस्थाको उपस्थिति हुन सकेमा प्रवासी नेपालीहरुको हकहितका लागि बढी उपयोगी हुने धारणा राख्नु भएको थियो । साथै बैठकमा स्थानीय संस्था नेप्लिज एसोसियसन ईन जर्जियाक़ा सन्तोष पहारीले आफ्नो संस्थाको तर्फ बाट रजत महोत्सव सफल पर्न तन, मन र कर्मले लागि पर्ने बाचा ब्यक्त गर्नु भएको थियो ।सो बैठकमा नेप्लिज कम्युनिटी सेन्टरका डा प्रलाद पन्तले पनि रजत महोत्सव ऐतिहासिक पार्न अहोरात्र लागि पर्ने बताउनु भएको थियो ।

रजत जयन्तीलाई भव्य बनाउनका लागि कार्यकारी समितिका तर्फबाट कार्यकारी उपाध्यक्ष शैलेन्द्र बज्राचार्य, उपाध्यक्ष तारा पुन, सहसचिव कृष्ण श्रेष्ठ, कोसाध्यक्ष पशुपति न्यौपाने, तथा सदस्यहरु उद्धव कार्की, डा निरोज बस्नेत, नरेन्द्र बराल, सतिषचन्द्र गुप्ता, विद्या गुरुड, डा सुमन सिलवाल, सुशिल नेपाल, नमिता घिमिरे, कृष्ण देवकोटालगायत समाजसेवी तथा बुद्धिजीवीहरु राम डंगोल, प्रेम कुँवर, विश्व आडदम्वे, सन्तोष पहारी, विमल कार्की, चेतनाथ घिमिरे, कृष्ण प्रसाद शर्मा, मोहन विष्ट, डा. शुष्मा प्रधान, पुष्पा भण्डारी, श्रुति सिहलगायत महानुभावहरुले सुझाव तथा विचारहरु व्यक्त गर्नु भएको थियो ।

संस्थाका कार्यकारी उपाध्यक्ष शैलेन्द्र बज्राचार्यले धन्यवाद ज्ञापन गर्नु भएको सो बैठकले रजत जयन्तीका अवसरमा स्मारिका प्रकासन गर्ने, संस्थाको २५ बर्षे गतिविधिलाई समावेस गरेर एक वृतचित्र निर्माण गर्ने, नेपाली डायस्पोरा तथा राष्ट्र निर्माणमा विशेष योगदान दिने महानुभावहरुलाई सम्मान गर्ने, नेपाल फेस्टिवलको आयोजना गर्ने तथा नासा रजत महोत्सव  फुटबल रनिड सिल्डको आयोजना गर्ने, साँस्कृतिक र्याली तथा साँगितिक साँझ विशेष आकर्षण रुपमा आयोजना गर्ने, नेपाल मञ्च अन्र्तगत विशेष कार्यक्रम गर्ने, अमेरिकामा स्थापना भएका सम्पुर्ण संघ संस्थालाई आमन्त्रण गरी रजत महोत्सव मनाउन छलफल  गरिएको थियो । साथै संस्थाको आगामी बैठकले कार्यक्रमका लागि मिति र स्थानको टुंगो लगाईने निर्णय गरेको छ  ।


साथै बैठकमा रजत महोत्सव बर्ष -२०१६ मनाउनका लागि नासाका अध्यक्ष विमल नेपाल संयोजक तथा महासचिव शिव विष्ट सदस्य सचिव ,पुर्व अध्यक्षहरु र अन्य बुद्धिजिबी तथा समाजसेवी  रहने २५ सदस्यीय  रजत महोत्सव आयोजक मुल  समारोह  समिति  गठन गरिएको जानकारी गराईएको थियो   ।