भारतको मणिपुर केन्द्रविन्दु बनाएर ६.७ म्याग्निच्युडको भूकम्प, क्षतीको विवरण आयन बाँकी

काठमाडौं : भारतको पूर्वोउत्तर मणिपुरको इम्फाल केन्द्रविन्दु बनाएर आज बिहान ६.७ म्याग्निच्युडको भूकम्प गएको छ। 

युएसजीएसका अनुसार मणिपुरबाट २९ किलोमिटर पश्चिम केन्द्रविन्दु रहेको भूकम्पको झड्का भारत, वंगलादेशसँगै पूर्वी नेपालमा पनि महसुस भएको छ। 

स्थानीय समयअनुसार बिहान ४:३५ बजे भूकम्पको महसुस भएको थियो। भूकम्पलगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै स्थितिबारे जानकारी गराएका छन्। 

उनले असमका मुख्यमन्त्री तरुण गोगोई तथा असम नै पुगेका गृहममन्त्री राजनाथ सिंहसँग स्थितिबारे छलफल भएको जनाएका छन्। भूकम्पले घरहरु भत्किएका छन्। 

सामाजिक सञ्जालमा भत्किएका घरका फोटाहरु पनि सार्वजनिक भइरहेका छन्। 

यसैवीच अहिलेसम्म भूकम्पमा परि भारतको मनिपुरको राजधानी इम्फालमा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका जानकारी बाहिर आएको छ  |