घाँस काट्न गएकी गर्भवतीको हत्या

बैतडी-गर्भवतीकोे हत्याको आरोपमा बझाङमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दङ्गाजी्–२ का २७ वर्षीय देवीलाल जोशी र २५ वर्षीय प्रकाश जोशी रहेको जिल्ला प्रहरी कार्यालयलका प्रहरी निरीक्षक देवेन्द्र मल्लले जानकारी दिए। दङ्गाजी–५ निवासी २५ वर्षीय पार्वतीदेवी जोशीको आइतबार साँझ शङ्कास्पद मृत्यु भएकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मृतकका आफन्तले उनीहरु दु्वैले मिलेर हत्या गरेको भनी प्रहरीलाई जानकारी गराएकाले पक्राउ गरिएको हो । ती महिला घाँस काटी घर ल्याउन घाँस बाँधिसकेको अवस्थामा उनको पिपलकोट भन्ने ठाउँबाट झन्डै ३५ मि तल घोप्टो अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । मृतकको पेटमा पाँच-छ महिनाको शिशुसमेत रहेको प्रहरीले बताएको छ । अभियुक्त दुवै जनालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मल्लले जानकारी दिए।