काठमाडौं आउने जहाजमा बम !

काठमाडाैं, माघ १३, नयाँ दिल्लीबाट काठमाडौं उड्ने तयारीमा रहेका जहाजमा बम भएको हल्ला फैलिएपछि उडानमा ढिलाइ भएको छ। अज्ञात व्यक्तिले जेट एयरलाइन्स र एयर इन्डियाका जहाजमा बम भएको फोन मार्फत जानकारी दिएपछि उडान रोकिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

बम रहेका भनिएका जहाजमा बम डिस्पोजल टोली खटाइएको छ।

सोमबार पनि काठमाडाैं उड्न लागेको जहाजमा बम भएको हल्ला चलेपछि उडान रोकिएको थियो।