लायन्सको आँखा शिविर सम्पन्न


पोखरा, १७ माघ |

लायन्स क्लब अफ पोखरा टुरिजम सिटी र लायन्स क्लब अफ पोखरा सेती गण्डकीको संयुक्त आयोजना तथा हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । स्याङ्गजाको मग्याम चिसापानीको श्री महिमा उच्च माविमा सम्पन्न आँखा शिविरमा २ सय ६२ जनाले आँखा जाँच गराएका थिए । शिविरमा २५ जना मोतियाबिन्दुका बिरामीलाई निशुल्क अपरेशनका लागि हिमालय आँखा अस्पताल ल्याइएको लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका अध्यक्ष लायन प्रदिप कुँवरले जानकारी दिए ।

उक्त अवसरमा शिविरमा आँखामा समस्या देखिएका बिरामीहरुलाई निशुल्क औषधी तथा चश्मा बितरण गरिएको थियो । निशुल्क आँखा शिविरमा आँखाको समस्या भएका बिरामीहरु मध्य ८० जनालाई निशुल्क चश्मा तथा १५ हजार बराबरको निशुल्क औषधी बितरण गरिएको लायन्स क्लब अफ पोखरा सेती गण्डकीका अध्यक्ष एमजेएफ लायन मिलन थापाले बताए । प्रमुख अतिथी फुटफुटे लघु जलबिद्युत आयोजनाका अध्यक्ष इन्द्रकान्त सिग्देलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा श्री महिमा उच्च माविका प्रधानअध्यापक राजु शर्मा सिग्देल, लायन्स क्लब अफ पोखरा सेती गण्डकीका अध्यक्ष एमजेएफ लायन मिलन थापा,  आँखा शिविर संयोजक सरिता थापाले बोलेका थिए । शिविरमा हिमालय आँखा अस्पतालका नेत्र अधिकृत गोबिन्द नाथ योगी, कमल प्रसाद शर्मा, सरिता गुरुङ्गले आँखा जाँच गरेका थिए ।