फोहोरबाट बिजुली निकाल्ने तयारी

काठमाडौँ फागुन, ३-काठमाडौँ महानगरपालिकाले फोहोरबाट बिजुली निकाल्ने तयारी गरिरहेको जनाएको छ। आगामी तीन महिनाभित्र १४ किलोवाट बिजुली निकाल्न लागेको महानगरपालिकाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख रविनमान श्रेष्ठले बताए। टेकु ट्रान्सफर स्टेसनमा सङ्कलित भएको फोहोरबाट बिजुली निकाल्न लागिएको र यसका लागि दैनिक ३०० टन जैविक फोहोर प्रयोग हुने पनि उनले जानकारी दिए।
उपत्यकामा दैनिक ४५० टन फाहोर उत्पादन हुन्छ सो मध्ये ६३ प्रतिशत जैविक फोहोर हुने गर्दछ ।  उपत्यकाका फोहोरको सही सदुपयोग गर्ने उद्देश्यका साथ बिजुली निकाल्न लागिएको हो ।
युरोपियन युनियन र महानगरले संयुक्त लगानीमा  करिब दुई करोड लगानी बिजुली निकालिने र  सो बिजुली महानगरको कार्यालयमा प्रयोग गरिनेछ ।
महानगरले उपत्यकाको फोहोर टेकुमा सङ्कलित फोहोरबाट दैनिक ९६ केजी ग्यास, ३०० किलोग्राम जैविक मल र १३ हजार ५०० लिटर प्रशोधित पानी उत्पादन गर्न लागेको जनाएको छ । रासस