आपूर्ति अझैं असहज

काठमाडौं फागुन, १६-नाकाबन्दी खुलेपनि भारतबाट अझैं सहज रुपमा इन्धन आपूर्ति हुन सकेको छैन् । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि सहज रुपमा इन्धन आपूर्ति हुन्छ भन्ने सरकारको विश्लेषण गलत साबित भएको छ ।इन्धन आपूर्ति बढाउन इन्डियन आयल कर्पोरेसनसँग भरपर्दो वार्ता गर्न सरकार असफल भएकाले उपभोक्ता अहिले पनि इन्धनका लागि सास्ती बेहोर्न बाध्य छन् । सरकारले अहिले पनि मागभन्दा ३५ प्रतिशत कम मात्रै इन्धन भित्र्याउन सकेको छैन् ।
नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले आईओसीले ‘माथिको आदेश’ नआएको भन्दै आपूर्ति परिणाम बढाउन आनाकानी गरिरहेको बताए ।