अमेरिकाबाट फेरी अर्को टोलीको घोषणा, सर्बसम्मत भएको जानकारी

नेपाली जनसम्पर्क समिति अमेरिकाका नाममा फेरी अर्को सात जनाको टोलि कांग्रेसको केन्द्रिय महाधिबेशनका लागि सिफारिस भएको छ | यसको आधिकारिक जानकारी कांग्रेस केन्द्रिय समितिलाई दिईसकिएको छ | दोस्रो लिस्टमा बरिष्ठ उपसभापति     धनन्जय नर्सिङ्ग के.सी.  (सानफ्रान्सिस्को), उपसभापति चेत प्र. (सी.पी) पौडेल (टेक्सास ), महासचिव मुनिन्द्र नेम्वाङ्ग(न्यु योर्क), कृष्ण  लामिछाने  (टेक्सास), नारायण थापा(मेरिल्याण्ड), शंकर खड्का (सानफ्रान्सिस्को), लालप्रसाद काफ्ले (सिकागो) रहेका छन् |

साथै उल्लेखित मध्येबाट धनन्जय नर्सिङ्ग के.सी, चेत प्र. (सी.पी)पौडेल, मुनिन्द्र नेम्वाङ्गलाई महासमिति सदस्यमा पनि सर्बसम्मत चयन गरिएको छ | साथै महाधिबेशन पर्यबेक्षकमा कमला पन्त (न्यु योर्क), शिव शाह(पेन्सिलभेनिया), बिकास उप्रेती (टेक्सास), अग्नी ढकाल (न्यु योर्क ) लाई चयन गरिएको छ |

दुई दुइ वटा नामावली पठाउदा कुनलाई केन्द्रले आधिकारिक मान्छ होला भन्ने प्रश्नमा सी.पी पौडेल भन्छन, "सभापतिले कुन आधारमा लिष्ट पठाउनु भयो हामीलाई थाहा छैन | हामीले नियम अनुसार पठाएका हौँ | यो लिस्टलाई वर्तमान कार्यसमितिका सभापति बाहेक सबैको समर्थन छ | हामीलाई विश्वास छ, कांग्रेसले व्यक्तिको नभएर पद्धतिको निर्णयलाई आधिकारिकता दिनेछ |"

यो बिषयमा सम्पर्क गर्न खोज्दा सभापति आनन्द विष्टसंग सम्पर्क हुन सकेन | आनन्द विष्ट अहिले नेपालमा छन् | सर्बसम्मत रुपमा नयाँ लिष्ट कांग्रेस केन्द्रमा पुगेपछि आनन्द विष्टले चयन गरेका प्रतिनिधिहरुको बारेमा के होला ? सबैको ध्यान त्यतातिर छ |