विदेशमा गरेको अपराधमा समेत मुद्दा चल्ने




काठमाडौं – मुलुकबाहिर पुगी अपराध गरे पनि देशभित्रै भएसरहको सजाय हुने प्रस्तावसहितको नयाँ फौजदारी कानुन निर्माण थालिएको छ । हाल संसद्को विधायन समितिमा छलफलमा रहेको फौजदारी कसुरसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधयेकले पहिलोपल्ट मुलुकबाहिर हुने अपराधलाई समेत कारबाहीको दायरामा ल्याउन लागेको हो ।

यसअघि मुलुकबाहिर वा सीमा कटेपछि हुने हत्या, अपहरणलगायत गम्भीर प्रकृतिका मुद्दाका अपराधी सजिलै कानुनी दायराबाट बच्दै आएका थिए । ‘मानवअधिकार वेचविखन ऐनअन्तर्गतका केही घटनाबाहेक अन्य मुलुकमा अपराध गरे पनि नेपालमा मुद्दा चल्दैनथ्यो,’ विधेयकले ल्याएको नयाँ प्रावधानको विशेषताबारे समितिका सदस्य एवं कांग्रेस सांसद कृष्णभक्त पोखरेलले भने ।

कान्तिपुर दैनिकबाट