न्यूयोर्कमा “पालुवा र मन्जरी” लोकार्पण

न्यूयोर्क, जनवरी ३१, अाईतवार ।

सिर्जनशील साहित्यकार,कवियत्री शकुन्तला ज्ञवालीद्वारा रचिएका कविताहरुको संग्रह “पालुवा र मन्जरी” आज यहाँ एक भव्य कार्यक्रमका बिच लोकार्पण गरियो । लोकार्पित पुस्तकका प्रकाशक समेत रहेका अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क च्याप्टरको आयोजनामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथी न्यूयोर्कका महाबाणिज्यदूत नारायण मैनाली;विशेष अतिथीहरु उप-बाणिज्यदूत प्रबिण भट्टराई;वरिष्ठ नाट्यकर्मी तथा प्राज्ञ हरिबहादुर थापा;अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष गीता खत्री;साहित्यकार ज्योति पौडेल लगायत अतिथीहरु डा.तारा निरौला;डा.बिष्णुमाया परियार;संजय थापा;बिनोद रोक्का;पूनम काफ्ले; कमला प्रसाई; लक्ष्मी श्रेष्ठ;धनीराम सापकोटा;पुन्डरी अर्याल;मनु लोहारुङ राई;दिवाकर ज्ञवाली;ज्योतिकुमार श्रेष्ठ; कृष्ण पोख्रेल;गीता पन्थ;कृष्ण बिष्टले विमोचित कृतिका सर्जक शकुन्तला ज्ञवालीलाइ बधाई तथा शुभकामना मन्तव्य दिनु भएको थियो ।

न्यूयोर्कका पंचकन्याहरु (सिमरन;दिलाष्मा;श्रेणी ;क्रिष्टल;श्रीनीति)द्वारा नेपाली राष्ट्रगान गाएर शुभारम्भ गरिएको सो कार्यक्रममा विशेष अतिथी बाणिज्यदूत एवं साहित्यकार कृसु क्षेत्रीले कविता संग्रह “पालुवा र मन्जरी” को बारेमा समीक्षा गर्नु भएको थियो ।


अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा संचालन गरिएको सो कार्यक्रम च्याप्टरका निवर्तमान अध्यक्ष बिकाश बिष्टले उदघोषण गर्नु भएको थियो । उल्लेख्य संख्यामा साहित्यसर्जक; साहित्यप्रेमी;समाजसेवीहरुको उपस्थिती रहेको सो कार्यक्रममा सहभागी महानुभावहरुले “पालुवा र मन्जरी” का सर्जक शकुन्तला ज्ञवालीलाइ दोसल्ला;खादा;र पुष्पगुच्छाले सम्मान गर्नु भएको थियो।

लामो समय देखि साहित्य सिर्जनशीलताका बिविध बिद्यामा सकृय शकुन ज्ञवालीले अनगिन्ती पुरस्कार र सम्मान प्राप्त गर्नु भएको छ भने एक दर्जन लोकभाका र तीजका गीती एल्बम पनि प्रकाशित भै सकेको छ ।
(Group Photo: Pradeep Thapa Magar)