गायिका पबिता परियारको आधुनिक गीतको एल्बम आउदै




बाल्टिमोर, द नेपाल टुडे डेस्क 

गायिका पबिता परियारले एकल आवाजमा आधुनिक गीतको संग्रह 'दीप' बजारमा ल्याउने भएकी छन् | यो गीति एल्बम छिट्टै बजारमा आउने गायिका परियारले द नेपाल टुडेलाई बताईन |

गायिका परियार केहि समयदेखि अमेरिकामा छन् | अमेरिकामा हुने नेपालीहरुका धेरैजसो कार्यक्रममा पबिताले आफ्नो प्रस्तुति मार्फत सबैको मन जित्दै आएकी छन् |
एल्बममा रहेका सबै गीतहरु रचनाकार गिता खत्री रचना गरेकी हुन् |

एल्बममा छ जना संगीतकारहरु हरि लम्साल, जय कुमार, यश कुमार, उदय सोतांग, चेतन सापकोटा र महेश खड्काले संगीत संयोजन गरेका छन् |

यो एल्बम जय म्युजिकले बजारमा ल्याउदैछ ।