नेपाल अमेरिका एकता समाजमा सुर्य प्रसाई


अमेरिका, १९ फेब्रुवरी / अमेरिकाको लसएञ्जलसमा सक्रिय नेपाल अमेरिका एकता समाजको हिजो सम्पन्न निर्वाचनमा सुर्य प्रसाई निर्बिरोध भएका छन् ।

नेपाल अमेरिका एकता समाजको नयाँ नेतृत्वका लागि अध्यक्ष पदका उम्मेदवार झमक निरौलाले हिजो संस्थाले गरेको अन्तरक्रिया कार्यक्रममा आफ्नो उम्मेदवारी फिर्ता लिए पश्चात् सबै पदमा निर्बिरोध भएको छ । इन्दिरा त्रिपाठीले पहिले नै आफ्नो उम्मेदवारी फिर्ता लिईसकेकी थिइन । निर्वाचन समितिलाई निरौलाले आफ्नो उम्मेदवारी फिर्ता सम्बन्धी पत्र अन्तरक्रिया कार्यक्रम पश्चात् दिएका थिए । अब निर्वाचन समितिले बिजयी उम्मेदवारहरुको नाम औपचारिक घोषणा गर्न बाँकी छ |

नवगठित कार्यसमितिका अध्यक्षमा सूर्य प्रसाईं, प्रथम उपाध्यक्षमा टेक बहादुर लामा, द्वित्तीय उपाध्यक्षमा डिल्ली सिलवाल, महासचिवमा डोल्मा लामा, कोषाध्यक्षमा अञ्जना बस्नेत र सदस्यहरूमा बद्री बराल, बीरवल बुढाथोकी, चक्रपाणी मिश्र, चन्द्र प्रसाद सिवाकोटी, देविचरण घिमिरे, दीपा पौडेल,  ज्ञानेन्द्र गुरुङ, नवीन पोखरेलर तुलसा कार्की रहेकाछन । सचिव पदमा भने कसैको पनि उम्मेदवारी नपरेको कारणले अधिवेशनबाट नै चयन गर्नेछ । संस्थाको अधिवेशन आगामी २१ फेब्रुवरीमा हुने कार्यक्रम रहेको छ ।

लसएञ्जलसबासी निर्बिरोध निर्बाचित प्रसाई नेपाल अमेरिका पत्रकार संघका सदस्य हुनुका साथै स्थानिय ब्यबसायी हुन |