सस्तोमा ग्यास दिने चीनको प्रस्ताव

काठमाडौं  फागुन,१२– चीनको पेट्रोलियम पदार्थ कारोबार गर्ने कम्पनी साइनोपेक्सले भारतले दिने दरभन्दा कममा ग्यास उपलब्ध गराउने प्रस्ताव निगमलाई पठाएको छ । प्रस्तावमा पेट्रोल र डिजेल भने भारतको भन्दा धेरै महँगो छ । पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ छ, यो केरुङसम्मको मूल्य हो । त्यसमा नेपालको कर थपिँदा झनै महँगो पर्छ ।
निगमका निर्देशक दीपक बरालले चीनले ग्यासमा लिने भनेको मूल्यमा कर जोज्दा अहिलेको बजार भाउभन्दा बढी नपर्ने बताए । ‘साइनोपेक्सले ग्यासमा जुन प्रस्ताव पठाएको छ, त्यहीमा दिए भारतबाट भन्दा बढी पर्ने छैन,’ उनले भने । तर चीनको केन्द्रीय सरकारले इन्धन निर्यातको अनुमति दिनुपर्छ ।