​सेल्फी खिच्दा नारायणीमा बेपत्ता भएकी बिस्मिताका चार सेल्फी



काठमाडौँ : रसियामा गाडी चलाउँदा पनि मान्छेहरुले सेल्फी खिच्न थालेपछि दुर्घटनाहरु बढे। सेल्फीकै कारण कतिपय मान्छेको सडक दुर्घटनामा मृत्यु भएपछि सन् २०१५ मा रसियाले सेल्फी प्रयोग सम्बन्धी नीति नै बनायो।

स्मार्टफोनमा अगाडिको भागमा समेत क्यामेरा राख्न थालिएसँगै सेल्फी खिचेर सामाजिक सञ्जालहरुमा पोस्ट गर्नेको संख्या वृद्धि भयो। योसँगै सेल्फी खिच्दै गर्दा हुने दुर्घटनासमेत बढेर गयो। भारतले फागुन १४ गते मात्रै मुम्बईका समुन्द्री किनार सहित चौध स्थानमा दुर्घटना बढेको भन्दै सेल्फी खिच्न प्रतिबन्ध लगाएको छ।

नेपालमा पनि पछिल्लो समय सेल्फी खिच्ने र सामाजिक सञ्जालमा पोस्ट गर्ने परम्परा बढेको छ। केही समयअघि राष्ट्रपतिसँग एक विदेशी कुटनीतिक नियोगका व्यक्तिले सपथ समारोहमै सेल्फी खिचे। त्यस्तै कांग्रेस सभापति सुशील कोइरालाको शवसँगै समेत एक व्यक्तिले चितामा सेल्फी खिचे।

आइतबार चितवनको नारायणी नदीमा सेल्फी खिच्ने क्रममा नवलपरासीको गैंडाकोट १६ बस्ने विस्मिता ज्ञवाली नदीमा डुबेर बेपत्ता भइन्। उनकी साथी १८ वर्षीया नम्रता सापकोटालाई भने बग्दै गरेको अवस्थामा प्रत्यक्षदर्शी श्याम थापाले ४० मिटर परबाट उद्दार गरे। विस्मिता भने अझै बेपत्ता छिन्। हेर्नुस् बेपत्ता बिस्मिताका सेल्फी-



स्रोत: पहिलोपोस्ट