नाकाबन्दीबारे मोर्चाभित्र खटपट


रौतहट–साढे पाँच महिनादेखि भारतीय सहयोगमा बन्द रहेको नाका खोल्न–नखोल्ने विषयमा मधेसी मोर्चाभित्रै विवाद देखिएको छ ।

संविधान संशोधनपछि मोर्चाले नाकाबन्दीलाई निरन्तरता दिँदै आन्दोलन खुकुलो बनाएपछि तराईका जनजीवन सामान्य बनिसकेको छ । पछिल्लोपटक नाकाबन्दी जारी राख्ने वा फिर्ता लिने विषयमा मोर्चाआबद्ध संघीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी र तराई मधेस सदभावना पार्टीका शीर्ष नेताबीच असमझदारी बनेको छ । नेताहरुबीचमै खटपट बढेपछि नाकाबन्दीको विषय थप जटिल बनेको छ ।

तराई मधेस सद्भावना पार्टीका नेता महेन्द्र राय यादवले संविधान संशोधनपछि आयोजित एक सार्वजनिक कार्यक्रममा माघ १८ गतेदेखि वीरगन्ज रक्सौला नाका खुल्ने संकेत गर्दै आन्दोलनको स्वरुप फेरिने प्रतिक्रिया दिएका थिए। 

नागरिक दैनिकबाट