जनसंघर्ष अभियानद्वारा संविधान खारेजीको माग

काठमाडौं फागुन,३–राष्ट्रिय जनसंघर्ष समितिले संविधानसभाले जारी गरेको संविधान खारेजीको माग गर्दै आगामि शान्तिपूर्ण जनसंघर्षको घोषणा गरेको छ।
बरिष्ठ अधिवक्त बालकृष्ण नेउपाने संयोजकत्वमा राजावादी दलहरुसमेत रहेको राष्ट्रिय जनसंघर्ष अभियानले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर जनआन्दोलनको भावना र जनताको चाहना विपरित जारी भएको संविधानले मुलुक चल्न नसक्ने भएकोले यसको खारेजीको लागि जनसंघर्ष गर्नु परेको स्पष्ट पारेको छ । अभियानले जनसंघर्ष अन्र्तगत फागुन ७ गते राजधानीको शान्ति बाटिमा विरोधसभा गर्ने भएको छ। त्यसमा सहभागि हुन सम्पूर्ण नेपालीहरुलाई आह्वान गरेको छ। 
पत्रकार सम्मेलनमा संयोजक नेउपानेले  ९३ प्रतिसत ओमकार परिवारको भावना विपरित विदेशीहरुको इशारामा मुलुकलाई धर्मनिरपेक्ष घोषणा गरिएपछि अहिले नेपाली जनतामा कालान्तरमा नेपाल नै नरहने हो कि भन्ने चिन्ता ब्याप्त हुन थालेको भन्दै जनताको भावना विपरित जारी भएको संविधानले मुलुक चल्न नसक्ने भएकोले आफूहरु विरोधमा उभिनु परेको बताए।
अभियानले विदेशीको ईशारामा ल्याईएको संविधान खारेज गर्नु पर्ने, नेपाललाई हिन्दु अधिराज्य कायम गर्नु पर्ने, सार्वभौमसत्ता र राजकीय सत्ता नेपालको सीमानाभित्र ल्याउनु पर्ने, राष्ट्रिय शक्तिको निर्माण गरेर गैरराष्ट्रिय शक्तिको बर्हिगमन, सार्वजनिक पदमा बसेकाको सम्पत्ति छानविनको लागि आयोग गठन गर्नु पर्ने, संघीयता खारेज गरी स्थानीय स्वायत्त शासन अन्र्तगत निर्वाचन गर्नु पर्ने, नेताले विदेशी बैंकमा राखेको सम्पत्ति जफत गर्नु पर्ने, विदेशी हस्तक्षेप गराउने नेतालाई सामाजिक बहिस्कार गर्नुपर्ने लगायतका ११ बुँदे माग पनि अघि सारेको छ ।