सोलुखुम्बुमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

सोलुखुम्बु, फागुन ११ – सोलुखुम्बुको तिङलामा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । सोमबार राति पौने ९ बजे ना २ ख ५५४४ नम्बरको ट्रक दुर्घटना हुँदा मुक्ली–१ सोलुखुम्बुका भीमबहादुर बस्नेत र छत्रबहादुर बस्नेतको घटनास्थलमा नै ज्यान गएको हो ।
अर्का एक जनाको भने सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।
काठमाडौंबाट सोलुखुम्बु मुक्लीका लागि छुटेको मालबाहक ट्रक दुर्घटना हुँदा चालक इन्द्र तामाङ घाइते भएको प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ ।