गगन र शशांकको छुट्टै प्यानल ?




काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशन नजिकिदै गर्दा अनपेक्षित तरिकाले चुनावी समिकरणका गृहकार्यहरु भईरहेका छन् ।

नेपाली काँग्रेसलाई बुढाहरुको पार्टी भन्ने आरोप लागिरहेका बेला युवाहरुको आर्कषणको केन्द्रमा रहेका केन्द्रीय सदस्यद्धय शसांक कोईराला र गगन थापा एक आपसमा मिलेर टिम बनाउने गृहकार्य गरिरहेका छन् । केहीदिन देखि कोईराला र थापाका विचमा तिव्र रुपमा छलफल भईरहेको छ ।

काँग्रेसको सभापतिका लागि आकांक्षी सवैले शशांकलाई महामन्त्री बनाउने चाहना राखेपनि शशांकले भने गगन तर्फ मन लगाएका छन् ।

उनले आफु महामन्त्री नभई सभापतिकै उमेदवार हुने र महामन्त्रीमा गगनलाई उमेदवार बनाउने चाहना राखेका हुन् । शशांक र गगनका विचमा भएको छलफलका क्रममा शशांकले पटक पटक त्यस्तो चाहना राखेपनि गगनले भने निर्णय दिईसकेका
छैनन् ।

गगनले आफ्नो महामन्त्री बन्न चाहेमा शशांकले सभापतिकै लागि अगाडी बढ्ने सोंच बनाएका छन् । तर गगन बाहेक शशांकले आफ्नो महामन्त्री बनाउने नेता देखेका छैनन् । त्यसैले शशांकले आफुसंग मिल्नेगरी समिकरण बनाउन गगनलाई आग्रह गर्दै आएका छन् ।

तर गगनले भने सभापतिका लागि संस्थापन पक्षका सवै भन्दा बलियो उमेदवार कृष्णप्रसाद सिटौला भएको निश्कर्ष निकालेका छन् । सिटौला पौडेल र शाशांक सहितको टिमको महमन्त्री बन्ने गगनको चाहना छ । सिटौला र पौडेल भन्दा वाहिरबाट उमेदवार बन्ने उनको रुचि छैन् । सभापतिका सवै आकांक्षी नमिल्ने अवस्थामा एक जना रोज्नै पर्ने भयो भने गगनले सिटौलालाई रोज्ने देखिएको छ । गगनले संसदीय दलको नेता र आउदो प्रधानमन्त्रीका रुपमा रामचन्द्र पौडेललाई देख्न चाहेका छन् भने सिटौला सभापति, शाशांक उपसभापति र आफु महामन्त्री बन्न पाए पार्टीले गति लिने निश्कर्षकालेका छन् । यस्तो भएमा क्षमता, गतिशिलता र लोकप्रियताको सही व्यवस्थापन भई संस्थापन पक्षको टिम शसक्त बन्ने धेरैको भनाई छ ।